
बागलुङ ,श्रावण १४
समाजमा रहेका आफूभन्दा कम अवसर प्राप्त व्यक्तिहरूलाई सक्दाे भाैतिक तथा आर्थिक सहयोग गर्ने उदेश्यले हामी सेवा गर्छाैं भन्ने मुल उदेश्यका साथ स्थापना भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनल ३२५ के नेपाल अन्तर्गतका १० वटा लायन्स क्लबकाे लायन बर्ष २०२२/२३ काे संयुक्त पदस्थापन कार्यक्रम बागलुङ सदरमुकाममा सम्पन्न भएको छ ।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ के नेपालका डिस्ट्रिक गभर्नर लायन राजेन्द्र कुमार बाटाजूले लायन्स क्लब अफ धाैलागिरि बागलुङ ,लायन्स क्लब बागलुङ ,लायन्स क्लब अफ बागलुङ सिटी ,लगायतका क्लबहरूकाे संयुक्तरूपमा पदस्थापन लायन्स परम्परा अनुसार गराएका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ धाैलागिरि बागलुङका अध्यक्ष तालबहादुर कुबँर लायन्स क्लब बागलुङ सिटीका अध्यक्ष पुष्पा कुमारी क्षेत्री ,लायन्स क्लब अफ बागलुङका अध्यक्ष राजु गाैतम लायन्स क्लब अफ युनियनका अध्यक्ष बलराम गाैतमले ,
लायन्स बर्ष २०२१/०२२ मा क्लबले गरेको सामाजिक काम गतिविधि लगायतका विवरण प्रस्तुत गरेका थिए ।सामाजिक सेवाको क्षेत्रमा क्लबले महत्त्वपूर्ण गतिविधि गरेको माेतिया बिन्दु भएका बिरामीको अप्रेसन गराउने देखि स्वास्थ शिविर कार्यक्रम गरेको धारणा राखेका थिए ।









