बजारमा मापदण्ड कायमका लागि वडाका जनप्रतिनिधि सक्रिय !

- कडाइका साथ मापदण्ड कायमका लागि बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष र सदस्यको सक्रियता बढेको छ ।

-


     हिडन खबर    
     श्रावण ९ गते २०७९ मा प्रकाशित


बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारमा मापदण्ड मिचेर संरचना बनाउने क्रममालाई न्युनीकरण गरि कडाइका साथ मापदण्ड कायमका लागि बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष र सदस्यको सक्रियता बढेको छ ।

बजार क्षेत्रमा नगरपालिकाको मापदण्ड आफुखुसी मिचेर संरचना बनाएका र पटकपटक नगरपालिकाले हटाउन परिपत्र गरेका संरचना नगरकै सक्रियतामा हटाउने वडा अध्यक्ष सुरज बोसेलको भनाइ रहेको छ ।

नगरपालिकाको मापदण्ड कायम नगरि अटेरी गर्नेहरुको हकमा नगरले आफै हटाउने प्रक्रिया अगाडि बढाउने वडा नम्बर २ का वडा सदस्य विदेश कुमार श्रेष्ठले बताउनुभयो ।