सुन चाेरीमा संलग्न प्रहरी नियन्त्रणमा

-


     हिडन खबर    
     श्रावण ४ गते २०७९ मा प्रकाशित


बागलुङ ।जिल्ला प्रहरी कार्यालय बागलुङले एक जना सुन व्यवसायी सहित सुन चोरेको आरोपका आराेपी ब्यक्तिलाई पक्राऊ गरि सार्वजनिक गरेको छ ।स्थानीय निर्वाचन लगत्तै गाउँ घरमा चाेरीका घटना घट्न थालेपछि प्रहरीको सक्रियता बढेपछि
चाेरीमा संलग्न ब्यक्ति पनि एकपछि अर्को पक्राउ पर्दै गएको छ ।

सुन चोरेको आरोपमा निसीखोला गाउँपालिका–७ राजकुतका ३१ बर्षीय जित भन्ने बोमबहादुर घर्ति मगर र चाेरी भएको सुन खरिद गरेको भन्दै न्यू बलेवा एञ्जल सुन चाँदी पसलका सञ्चालक बागलुङ नगरपालिका–१२ का टेक बहादुर बिकलाई पक्राऊ गरेकाे जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी ईन्द्र बहादुर रानाले बताए ।

घर्तिलाई बागलुङको ढोरपाटन नगरपालिका वडा न. ५की ६८ बर्षीय हिरा कुमारी कुँवरको घरबाट २ तोला सुनको सिक्रि एक थान, तीस लालको सुनको लकेट १ थान र नगद १५ हजार रुपैयाँ चोरी गरेको आरोपमा पक्राऊ गरिएको सुचना अधिकारी रानाले बताए ।

उनले २०७९ असार २७ गते कुँवरबाट ति सुनका सामाग्री चोरी गरेका थिए । प्रहरीले सुन चोरीको आरोपी घर्ति मगरको साथबाट एक तोलाको सुनको सिक्रि एक थान, ३ तोलाको चाँदीको लकेट एक थान, ०.४०१ तोलाको चाँदीको औँठी एक थान र नगद ६० हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको छ ।

सुन व्यवसायी बिकलाई चोरीका गरगहना खरिद गरेको आरोपमा पक्राऊ गरिएको हो । चोरीको सुनलाई गालि नयाँ बनाईएको थियो । उनीहरु दुवै जनालाई चोरी सम्बन्धी मुद्धा दर्ता गरिएको छ । दुवै जनालाई ४ दिन पुर्पक्षमा राख्नको लागि जिल्ला अदालत बागलुङले आदेश दिएको छ ।