
राजेशचन्द्र राजभण्डारी
बागलुङ साउनको सोमवार भगवान शिवको महिमा मानिने हुँदा भक्तजन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल शिवलिंगमा चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यसै विश्वासले कोरोना कहर कम भएपछि भक्तजनहरु मन्दिरमा पूजा गर्न पुगेका छन् । बागलुङको शिव मन्दिरमा श्रावणकाे पहिलो साेमवार भक्तजनकाे घुइँचो लागेको छ ।
श्रावणकाे पहिलो साेमबारकम दिन बागलुङको प्रसिद्ध शिव मन्दिर गाैरीधाममा भक्तजनहरूकाे घुइँचो लागेको छ । बागलुङ नगरपालिका वडा ४ गाैरीधाममा बिहान देखि नै भगवान शिवको पुजा अर्चना गर्ने भक्तजनकाे लाइन नै लागेको छ ।
झण्डै दुई बर्ष बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ का कारण मन्दिरमा पुजा गर्न नपाएका भक्तजनहरूले यसपटक भने लाइनमा बसेर पुजा गर्न पाएकाे स्थानीय भक्तजनले बताए ।
गाैरीधाम मन्दिर ब्यबस्थापन समितिले मन्दिरमा पुजा गर्न सहज हाेस भनेर नेपाल प्रहरी र स्थानीय स्वंयसेवक समेत परिचालन गरेर पुजा गर्ने वातावरण बनाएको गाैरीधाम मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र जिसीले बताए ।
बागलुङ नगरपालिका भित्र रहेका प्रमुख मठ मन्दिरमा सयौं भक्तजन भित्र्याउन सकिने संभावना रहेको कुरालाई मध्यनजर गर्दै बागलुङ नगरपालिकाले यसको विकासको लागि पहल गर्ने सहयोग गर्न तयार रहेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।
यसपटक मन्दिरमा पुजा गर्नका लाग बिहानै देखि भक्तजनकाे बाख्लाे उपस्थिति रहेको गत बर्ष भन्दा यसपटक भक्तजन बढी आएको मन्दिरका पुजारीले बताए ।
साउनको सोमवार भगवान शिवको महिमा मानिने हुँदा भक्तजन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल शिवलिंगमा चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यसै विश्वासले कोरोना कहर कम भएपछि भक्तजनहरु मन्दिरमा पूजा गर्न पुगेका छन् । बागलुङको शिव मन्दिरमा सामान्य अवस्थामा प्रत्येक सोमवार सयौं भक्तजनले दर्शन गर्ने मन्दिर व्यवस्थापन समितिले बताएको छ । मन्दिरमा पुजा गर्न आउने भक्तजनलाइ पानी खुवाउनकाे लागि लायन्स क्लब अफ गाैरीधामले सहयोग गरेको क्लवका अध्यक्ष उषा पाैडेलले बताए ।
माैसम परिवर्तन संगै दिउँसो चर्को घाम लागेर गर्मी हुने भएको कारणले पनि मन्दिरमा पुजा गर्न गर्मी छल्दै भक्तजनहरू बिहान देखि मन्दिरमा आएका छन् । यसपटक श्रावणमा ५ वटा साेमवार परेको कारणले पनि यसको महत्त्व अझै बढेको देखिन्छ ।










बागलुङ जिल्लाकाे काँठेखाेला गाउँ पालिकाकाे बिहुँमा रहेको रामकाेट शिव मन्दिर लगायत जिल्लाका अन्य शिव मन्दिरहरूमा समेत भक्तजनहरू पुजा अर्चना गर्न पुगिरहेका छन् ।









