
सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ धाैलागिरि बागलुङले बागलुङ नगरपालिका वडा नम्बर ३ कैलामपाेखरी परिसरमा वृक्षरोपण गरेको छ।
वातावरण संरक्षण गर्ने उदेश्यले अन्तर्राष्ट्रिय मान्यता अनुरूप लायन्स क्लब अफ धाैलागिरि बागलुङले लायन्स क्लब अफ बागलुङ सिटी ,लायन्स क्लब अफ बागलुङ मुक्तिनाथ ,लायन्स क्लब अफ ब्यु सीप संग संयुक्तरूपमा विभिन्न धुपी सला ,लगायतका बिरुवा राेपिएको हो ।
कार्यक्रममा लायन्स क्लब अफ धाैलागिरिका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी ,लायन्स क्लबका रिजन चेयरपर्सन तालबहादुर कुवर लायन्स क्लब बागलुङका पुर्व अध्यक्ष कबिता बस्नेत ,लायन्स अफ बागलुङ ब्यु सिटीका अध्यक्ष इन्द्र बहादुर थापा ,लायन्स क्लब अफ बागलुङ मुक्तिनाथका अध्यक्ष जुनु श्रेष्ठ ,लगायतका बक्ताहरूले वृक्षारोपण गर्नुमात्र ठूलो कुरा हैन राेपेकाे विरूवाकाे संरक्षण गर्न जरुरी रहेको धारणा राखेका थिए ।


लायन्स क्लब अफ धाैलागिरि बागलुङका अध्यक्ष निर्माण कुमार श्रेष्ठकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष सृजना श्रेष्ठ र लायन्स क्लब अफ बागलुङ सिटीका सचिव शर्मिला थापाको संचालनमा सम्पन्न भएको थियो ।












