बिद्यार्थी कुट्ने प्रिन्सिपल पक्राउ

- प्रहरीले बुर्तिबाङ बजारमा रहेको न्यू मोर्डन एकेडेमीका प्रिन्सिपल दिपक कुँवरलाई आफ्नै बिद्यालयको बिद्यार्थीलाई कुटेको आरोपमा पक्राउ गरेको हो ।

-


     हिडन खबर    
     असार २४ गते २०७९ मा प्रकाशित


प्रहरीले बागलुङ जिल्लाको एक बिद्यालयका प्रिन्सिपललाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाको पश्चिम बुर्तिबाङ बजारमा रहेको न्यू मोर्डन एकेडेमीका प्रिन्सिपल दिपक कुँवरलाई आफ्नै बिद्यालयको बिद्यार्थीलाई कुटेको आरोपमा पक्राउ गरेको हो ।

प्रिन्सिपल कुँवरको कुटाइबाट कक्षा ९ मा अध्ययन गर्ने तमानखोला गाउँपालिका वडा नम्बर २ भयरबोङ्गाका १५ वर्षीय हिक्मत विक असार २२ गते गम्भीर घाइते भएका थिए ।

घाइते विकको शरिरमा चोट नभए पनि टाउको र शरिरका विभिन्न अंगहरुमा निलडाम छन् । टाउकोमा ठूलो चोट पुगेको हुँदा उनलाई रिगंगटा लागेर उठ्न नक्ने भएको विककी आमाको भनाइ रहेको छ ।

विद्यार्थी विकको उपचारका लागि परिवारले पोखरा लगेको छ । घटनाको विषय बिहीबार मात्रै सार्वजनिक भएको हो । घटनाको अनुसन्धानका लागि प्रिन्सिपललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी इन्द्रबहादुर रानाले बताउनुभएको छ ।