
राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले निजी बिद्यालयका बिद्यार्थीलाई उपभोक्ता शिक्षा सम्बन्धि प्रशिक्षण दिएकाे छ । दैनिक रूपमा प्रयोग गर्ने सामग्री गुणस्तरीय हुनुपर्ने यसको लागि बिद्यालयका बिद्यार्थी मुख्य जिम्मेवार बन्न सकेको खण्डमा फाइदा पुग्ने धारणा राखेका थिए ।

बजारमा उपभोक्ता भएर सामान खरिद गर्दा सचेत के कसरी हुने भन्ने बारे कालीगण्डकी माध्यमिक बिद्यालयका बिद्यार्थी लाई उपभोक्ता शिक्षा दिएको राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए । दैनिक रूपमा उपभाेग गर्ने सामग्री खरिद गर्दा म्याद छ कि छैन गुणस्तरीय छ कि छैन त्यो हेरेरमात्र
उपभाेग स
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेश पाैडेल ,बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषाेत्तम सापकोटा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख लालप्रसाद लामिछाने, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख साैरभ श्रेष्ठ ,भेटेनरी अस्पतालका पशु चिकित्सक उर्मिला पाेखरेल ,घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गाेमा शर्मा कालीगण्डकी माध्यमिक बिद्यालयका प्राचार्य निरन्जनलाल राजभण्डारी, लगायतका बक्ताहरूले बिद्यार्थीहरू बिद्यालयमा सचेत बनेको खण्डमा घर घरमा म्याद गुज्रिएका सामान प्रयोग गर्ने कुरामा घटाउन मद्दत पुग्ने धारणा राखेका थिए ।बिद्यालयका बिद्यार्थी समाजका सचेत बर्ग भएको हुदा उपभोक्ता शिक्षा बिद्यालय स्तरमा लैजादा प्रभावकारी हुने धारणा राखेका थिए ।
राष्ट्रिय उपभोक्ता मन्चले बिद्यालयमा अध्ययनत बिद्यार्थी लाई शैक्षिक सामग्री प्रदान गरिएको थियोे ।
राष्ट्रिय उपभोक्ता मन्चकाे आयोजना र बागलुङ नगरपालिकाकाे सहयोगमा भएको उपभोक्ता सचेतना कार्यक्रमकाे राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठकाे अध्यक्षता र सचिव राम बहादुर केसीको सचालनमा सम्पन्न भएको थियोे ।












