
बागलुङ ।राष्ट्रिय उपभोक्ता मन्च बागलुङले सामुदायिक बिद्यालयका बिद्यार्थी लाई बिद्यालयमा पुगेर उपभोक्ता शिक्षा सम्बन्धि प्रशिक्षण दिने अभियान शुरू गरेको छ ।हामीले दैनिक रूपमा प्रयोग गर्ने सामग्री गुणस्तरीय हुनुपर्ने यसको लागि बिद्यालयका बिद्यार्थी मुख्य जिम्मेवार बन्न सकेको खण्डमा फाइदा पुग्ने धारणा राखेका थिए ।
अहिले बजारमा सामान खरिद गर्दा सचेत के कसरी हुने भन्ने बारे गण्डकी प्रदेशको पुरानो बिद्यालय बिद्यामन्दिर माध्यमिक बिद्यालयका १०० जना बिद्यार्थी लाई उपभोक्ता शिक्षा दिएको
राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पाैडेल , बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषाेत्तम सापकोटा , जिल्ला सरकारी वकिल कार्यालयका सरकारी वकिल रामकृष्ण लामिछाने ,खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख साैरभ श्रेष्ठ ,भेटेनरी अस्पतालका डाक्टर ऋषि सापकोटा ,लगायतका बक्ताहरूले बिद्यार्थीहरू बिद्यालयमा सचेत बनेको खण्डमा घर घरमा म्याद गुज्रिएका सामान प्रयोग गर्ने कुरामा कमि आउने धारणा राखेका थिए । समाजमा उपभोक्ता सचेत नभएसम्म परिवर्तन नहुने हुदा बिद्यार्थीले घर घरमा अभिभावक लाई चेतना जगाउने काम गर्नुपर्ने धारणा राखेका थिए ।
राष्ट्रिय उपभोक्ता मन्चले बिद्यालयमा अध्ययनत बिद्यार्थी लाई
पढ्न लेख्न सहज हाेस भन्ने उदेश्यले शैक्षिक सामग्री प्रदान गरिएको थियोे ।
राष्ट्रिय उपभोक्ता मन्चकाे आयोजना र बागलुङ नगरपालिकाकाे
सहयोगमा भएको उपभोक्ता सचेतना कार्यक्रमकाे राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठकाे अध्यक्षता र
सचिव रामबहादुर केसीको संचालनमा सम्पन्न भएको थियोे ।












