अबिरल वर्षा संगै ठाउँ ठाउँमा पहिरो सडक अबरुद्ध

-


     हिडन खबर    
     असार २१ गते २०७९ मा प्रकाशित


राजेशचन्द्र राजभण्डारी

अविरल वर्षा संगै ठाउँ ठाउँमा पहिरो जाँदा बागलुङ नगरपालिका भित्रका दर्जनौं ठाउँमा सडक अवरुद्ध हुदा यातायात ठप्प भएको छ ।ठाउँमा किसानले राेपेकाे धान खेती समेत नष्ट भएको छ ।

साेमबार रातभरि परेको पानीको कारण बागलुङ नगरपालिका वडा नम्बर ३ बाेक्समा सडक पानीले क्षति पुर्याएपछि उक्त सडकमा यातायातका साधन चल्न सकेका छैनन् ।

जथाभावी रूपमा गाउँ गाउँमा माेटर बाटो लैजानका लागि खनिएको सडक रातभरि पानी परेपछि सबै बगाएर क्षति पुर्‍याउनुका साथै भएको सडक समेत अस्तब्यस्त भएको स्थानीय बासि गणेश रेग्मीले बताए ।

यस्तै अविरल बर्षाकाे कारण बागलुङ नगरपालिका वडा नम्बर ८ र ९ जाेड्ने सानो पुल समेत जाेखिममा परेको यसलाई तत्काल मर्मत संभार नगर्ने हाे भने आवतजावत नै बन्द हुने अवस्था पुगेको स्थानीय विकास खड्का थाेकीले बताए ।

बागलुङ नगरपालिका भित्रकाे पुरानो सडककाे रूपमा रहेको वडा नम्बर ३ काे बाेक्सेमा अहिलेसम्म सडककाे लागि बजेट विनियोजन हुन नसक्दा यश क्षेत्रका जनताले बर्षामा ठूलो कष्ट ब्यहाेर्न बाध्य भइरहदा समेत सम्बन्धि निकायको ध्यानाकर्षण हुन सकेको देखिदैन ।

बागलुङ नगरपालिका वडा नम्बर ३ र वडा नम्बर ८ सिगानाकाे ठाउँ ठाउँमा पहिरो गएको कारण सवारीसाधन बन्द भएपछि यश क्षेत्रका बासिन्दाले दुख पाएका छन् ।सडक कै कारण बिद्यालय जाने बिद्यार्थी समेत प्रभावित बनेका छन् ।