पार्किङ ब्यवस्थापन गर्न ट्राफिक प्रहरी सक्रिय

-


     हिडन खबर    
     असार १९ गते २०७९ मा प्रकाशित


बागलुङ ।बागलुङ सदरमुकाममा माेटर साईकल ,स्कुटर लगायतका सवारीसाधनका कारण पार्किङमा समस्या भएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले सराेकारवाला संग छलफल शुरूवात गरेको छ ।

बागलुङ सदरमुकाममा रहेका बैंक तथा बित्तिय संस्था अगाडि सेवाग्राही र कर्मचारीका सवारीसाधनका कारण बजारमा ट्राफिक ब्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार केसीले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय ,बागलुङ नगरपालिका वडा नम्बर २ ,र ३ वडा अध्यक्ष ,बैंकर्स बागलुङ ,उद्योग बाणिज्य संघ काे संयुक्त आयोजना भएको कार्यक्रममा बागलुङ बजारको अस्तब्यस्त ट्राफिक जामकाे समस्या समाधान गर्न बैंकका कर्मचारीले प्रयोग गर्ने करिब १५० वटा माेटर साईकल ,र स्कुटर
लाई उचित ब्यवस्थापन गर्ने प्रतिबद्धता बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माले जनाएका थिए ।

बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कडेलले बजारको ट्राफिक जामकाे समस्या समाधान गर्न संघ लागि रहेको त्यसको लागि कार्ययोजना समेत बनाइसकेकाे हुदा त्यसलाई लागु गराउन सबैको सहयोग जरुरी रहेको धारणा राखेका थिए ।बागलुङका बैंकका कर्मचारी संग भएको सवारीसाधन लाई ब्यवस्थापन गर्न सकेको खण्डमा धेरै हदसम्म समस्याको समाधान हुने अध्यक्ष कडेलले बताए ।

बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरज बाेसेलले बागलुङ सदरमुकाममा रहेका सवारीसाधन राख्न पार्किङकाे लागि ठाउँ खाेजी भइरहेको हुदा त्यसको लागि बैंकर्सकाे समेत सहयोग जरुरी रहने धारणा राखेका थिए ।

बागलुङ सदरमुकाममा रहेकाे नेपाल बैंक लिमिटेड ,र माछापुच्छ्रे बैंक लिमिटेडकाे मात्रै सुविधा सम्पन्न भवन भएपनि बाकी २७ वटा बैंक भने भाडाको घरमा बसेर काम काराेवार गर्दै आइरहेको छ ।अहिले बैंकमा आउने सेवाग्राहीलाई नेपाल बैंकले मात्रै पार्किङकाे सुविधा दिएको छ भने बाकी बैंकको आफ्नो सवारीसाधन समेत पार्किङ गर्ने ठाउँ छैन ।