
साङ्केतिक तस्बिर बागलुङमा बसको ढोकाबाट खसेर १ यात्रुको मृत्यु भएको छ ।
काठमाडौंबाट रुकुमका लागि छुटेको बा ३ ख ९१८० नम्बरको बसको ढोकाबाट खसेर रुकुमका २२ वर्षीय चन्द्रबहादुर बस्नेतको मृत्यु भएको हो ।
शनिबार बिहान ५:४० बजेको समयमा गलकोट नगरपालिका-११ रिघा फेँदिमा सडकमा खरायो देखेपछि समात्न बसको ढोकाबाट झर्ने क्रममा बसले ठक्कर दिएर घाइते भएका बस्नेतको उपचारको क्रममा मृत्युु भएको हो ।
मध्येपहाडी लोकमार्गको बागलुङ-बुर्तिवाङ खण्डको रिघा फेँदीमा सडकमा खरायो देखेपछि समात्न बसबाट झरेका बस्नेतलाई बसले ठक्कर दिएर टायरमुनि परेर घाइते भएपछि उपचारको क्रममा हटिया स्थित इमर्जेन्सी पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।









