
काठमाडौ ।स्थानीय तहको निर्वाचन लगत्तै राजनीति पार्टीमा प्रवेश गर्ने लर्का लागिरहेको छ ।एउटा पार्टीमा स्थानीय तहमा टिकट नपाएको झाेकमा ३0 आेै बर्ष बसिरहेको पार्टी त्यागेर फरक राजनीति पार्टीमा प्रवेश गर्ने अभियान अन्तर्गत नेपाली कांग्रेसका नेता बागलुङ जिल्ला कार्य समितिका पूर्व सचिव नवराज पौडेल, नेपाली कांग्रेसकी नेतृ मञ्जु चालिसे, नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटिका अध्यक्ष तिलक उप्रेती लगायत नेकपा एमालेमा प्रवेश गरेका छन् ।
असार १८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकाेटमा आयोजित कार्यक्रममा अध्यक्ष ओली लगायतका नेताहरुले बागलुङ कांग्रेस ,माआेवादी नेताहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।
बागलुङ सदरमुकाममा नेकपा एमाले जिल्ला कमिटी बागलुङले केन्द्रीय अध्यक्ष केपी शर्मा आेली लाई बागलुङमा असार १० गते बाेलाएर पार्टी प्रवेश गराउने कार्यक्रम आयोजना गरेको थियो तर रातारात कार्यक्रम स्थगित भएपछि राजधानीमै कार्यक्रम गरि पार्टी प्रवेश गराइएको एमाले जनाएको छ ।
नेपाली कांग्रेसका नेतृ मन्जु चालिसे स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि नगर प्रमुखमा स्वतन्त्र रूपमा उमेदवारी दिएका थिए ।यस्तै माआेवादी गलकाेट नगर अध्यक्ष तिलक उप्रेतीले टिकट नपाएपछि नगर उप प्रमुखमा स्वतन्त्र रूपमा उमेदवार बनेका थिए ।
नेपाली कांग्रेस पार्टीका पुर्व सचिव नवराज पाैडेलका श्रीमती नेपाली कांग्रेसका महिला नेतृ उषा पाैडेलले जैमिनी नगरपालिकामा उप मेयरकाे लागि पार्टी बाट नाम सिफारिसमा परेपनि टिकट नपाएपछि एमाले प्रवेश गरि उमेदवार बनेका थिए ।नेपाली कांग्रेसका पुराना नेता रूपमा समेत परिचित पाैडेल छिट्टै एमाले प्रवेश गर्ने चर्चा राजनीति वृत्तमा चलेको थियो ?




एमाले अध्यक्ष केपी शर्मा आेलीकाे निवास भएको पार्टी प्रवेश कार्यक्रममा १७ जना एमाले समाहित भएका थिए ।कार्यक्रममा
एमाले पाेलिट ब्युराे सदस्य लिला थापा मगर ,मन कुमारी जिसी ,एमाले केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा ,एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसी लगायतका नेताहरूकाे उपस्थित रहेको थियो ।









