
बागलुङ ।सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ धाैलागिरि बागलुङको बर्ष २०२२/२०२३ लागि नवनिर्वाचित अध्यक्ष निर्माण कुमार श्रेष्ठलाई कुर्सी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
धाैलागिरि क्षेत्र कै सबैभन्दा पुरानो क्लब लायन्स क्लब अफ धाैलागिरि बागलुङका बर्ष २०२१/२०२२ का अध्यक्ष लायन तालबहादुर कुवँरले एक कार्यक्रम बिच क्लबका नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई लायन्स विधि र परम्परा अनुसार जुलाई १ तारिखका दिन पद हस्तान्तरण गरिएको हाे ।
लायन्स क्लब इन्टरनेशनल डिस्टिक ३२५ के नेपाल अन्तर्गत रहेको लायन्स क्लबले सामाजिक सेवाको क्षेत्रमा २७ बर्ष देखि काम गर्दै आएको क्लबले बागलुङ जिल्लामा थुप्रै सामाजिक सेवाको काम गर्दै आएको कारण जिल्लामा क्लब खाेल्ने संख्या बढेर गएको हुदा धेरै क्लब भन्दा पनि भएको क्लबलाई दिगो बनाउन जरुरी रहेको धारणा बक्ताहरूले राखेका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ धाैलागिरि बागलुङका अध्यक्ष निर्माण कुमार श्रेष्ठ ,लायन्स क्लबका निर्वतमान अध्यक्ष तालबहादुर कुवँर , लायन्स क्लब अफ धाैलागिरि बागलुङका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी ,पुर्व अध्यक्ष भरत शर्मा ,लगायतका बक्ताहरूले सामाजिक सेवाको क्षेत्र लाई बिशुद्व रूपमा सामाजिक रूपमै लैजान सकेको खण्डमा मात्रै लायन्सले खाेजेकाे गन्तव्य पूरा हुने धारणा राखेका थिए ।
लायन्स क्लब अफ धाैलागिरि बागलुङका अध्यक्ष निर्माण कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष मुकेश चन्द्र राजभण्डारी संचालन लायन्स क्लबका सचिव राजेश भारी र धन्यवाद ज्ञापन लायन्स क्लबका सदस्य राेशन खड्काले गरेका थिए ।












