
जिल्ला प्रहरी कार्यालय बागलुङले एक फरार अपराधीलाई पक्राउ गरेको छ ।
बैंकिङ कसरु मद्दुामा फरार रहेका जिल्लाको गलकोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटीका ५७ बर्षीय जंगबहादुर पुनलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत बागलुङले बैंकिङ कसुरमा १२ लाख ५ हजार ५ सय रुपैयाँ र ५ वर्ष कैद सजाय तेकेको पुनलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।

पक्राउ परेका पुनलाई अदालत पठाइएको उपरीक्षक रानाले बताउनुभयो ।









