
बागलुङ लगायतका क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको छ ।
बिहीबार बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुस(चित्रे) केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रका प्राबिधिक सुधन कुमार सुवेदीले बताउनुभयो ।
नेपाल, भारत र चीनलाई प्रभावित गर्नेगरि केही सेकेन्ड मात्र कम्पन गराएको भुकम्पको क्षति भने के कति भयो भन्ने आइनसकेको केन्द्रले जनाएको छ ।









