
चर्चित संचारकर्मि रवि लामिछानेले आफ्नो टेलिभिजन पत्रकारिता छाेडेर राजनीतिमा प्रवेश गरेका छन् ।राजधानीमा मंगलबार एक कार्यक्रम गरि राष्ट्रिय स्वतन्त्र पार्टी नामको पार्टी घाेषणा गरेका छन् ।
अहिलेसम्म देशमा भएका राजनीति पार्टीले नेपाली जनताको पक्षमा काम र परिवर्तन गर्न नसकेको कारणले परिवर्तनको लागि नयाँ पार्टी गठन गरेको घाेषणा गरेका हुन् ।
अब आउने संघीय र प्रदेशको निर्वाचनमा देशका विभिन्न क्षेत्र बाट उमेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टी बाट उठाउने योजना भएको रवि लामिछानेले बताए । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्य मन्त्री आफ्नो पार्टीको राजनीति एजेन्डा भएको कार्यक्रममा धारणा राखेका थिए ।
आफुलाइ चितवन ,झापा ,डडेल्धुरा ,निर्वाचन क्षेत्र बाट निर्वाचन लड्न सुझाव दिएपनि त्यस बारेमा अहिले केही नसाेचेकाे लामिछानेले बताए ।राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता गरेर अगाडि बढ्ने लामिछानेले बताए ।









