
जिल्ला प्रहरी बागलुङले २ युवालाई लागुऔषध पक्राउ गरेको छ ।
प्रहरीले २२ र २३ वर्षी युवालाई बागलुङ बजारबाट पक्राउ गरेको हो ।
बजारको एक रेष्टुरेन्टमा लागुऔषधको कारोबार गर्दै गरेको भन्ने विशेष सुराकीको आधारमा जिल्लाको काठेखोला गाउँपालिका- ४ तंग्राम बस्ने बर्ष २२ का राजु थापा र चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ६ स्थायी घर भई बागलुङ नगरपालिका-२ श्रीनगरटोल बस्ने बर्ष २३ को समिर अन्सारीलाई ३ सय ९० ग्राम लागुऔषध(गाँजाको धुलो) सहिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी इन्द्रबहादुर रानाले बताउनुभयो ।
पक्राउ परेका दुवैजनाको साथबाट मोबाइल, चुरोट तथा १० हजार नगद समेत बरामद गरिएको र निजहरू उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख दयानीधी ज्ञवालीले बताउनुभयो ।









