मालिका पूर्व विद्यार्थी मञ्चद्वारा ६ सामुदायिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण

-


     हिडन खबर    
     असार ३ गते २०७९ मा प्रकाशित


मालीका पुर्व बिद्यार्थी मञ्च बागलुङले विपन्न बिद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बिच स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई स्वागत समेत गरिएको हो ।

बागलुङ नगरपालिका-५ मालिका माध्यमिक बिद्यालयमा आयोजना गरिएको कार्यक्रममा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले बिधालयका प्रधानाध्यापक बालकृष्ण शर्मालाई एकमुष्ठ शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

बिद्यालयमा अध्ययनरत विपन्न तथा गरिब बिद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरणले बालबालिकामा उत्साह थप्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोखरेलले धारणा राक्नुभएको थियो ।

सोही कार्यक्रममा नम्बर ५ का वडा अध्यक्ष हरिप्रसाद शर्मा, ६ अध्यक्ष रूद्र बहादुर केसी सहित र वडा सदस्यहरुलाई स्वागत र सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर ५ र ६ का बिद्यालयमा अध्यनरत बिपन्न बिद्यार्थीहरूलाई पढ्नकाे लागि सहज बनाउने उदेश्यले शैक्षिक सामग्री वितरण गरिएको कार्यक्रममा बक्ताहरूले सामुदायिक बिद्यालयमा यतिबेला बिद्यार्थीकाे समस्या आएको छ जनसंख्या बृद्वि दर घट्दो सदरमुकाममा वरिपरि भएका बिद्यालयमा बिद्यार्थी तान्ने कारणले पनि समस्या आएको धारणा राखेका थिए । सामुदायिक बिद्यालयका शिक्षकहरूले
आफ्नो कर्तव्य पूरा नगर्दासम्म बिद्यालय सुधार हुन नसक्ने हुँदा त्यस तर्फ साेचेर काम गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पाेखरेल ,सामाजिक अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीराम गाैतम ,बागलुङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरिप्रसाद शर्मा , नेपाल रेडक्रस साेसाइटीका उपाध्यक्ष राजेन्द्र आचार्य ,मालीका पुर्व बिद्यार्थी मञ्चका खडानन्द सापकोटा ,मालीका माध्यमिक बिद्यालयका प्रधानअध्यापक बालकृष्ण सापकोटा ,एभिन्युज टेलिभिजनका सम्वाददाता राजेशचन्द्र राजभण्डारी ,मालीका पुर्व बिद्यार्थी मञ्चका सदस्य बिष्णु कुवँर लगायतका बक्ताहरूले धारणा राखेका थिए ।

मालीका पुर्व बिद्यार्थी मञ्चका अध्यक्ष जीवननाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत काेषाध्यक्ष बलराम सापकोटा र सचिव गुरु प्रसाद सापकोटाकाे सञ्चालनमा सम्पन्न भएको थियो ।