बसको ठक्करबाट पर्वतको अर्मादीमा १ जना घाइते

-


     हिडन खबर    
     असार २ गते २०७९ मा प्रकाशित


पर्वत कुश्मा नगरपालिका २ अर्मादीमा बसको ठक्करबाट १ जना घाइते भएका छन् । पोखराबाट बागलुङ आउदै गरेको ग १ ख ९६१३ नम्वरको बसले ठक्कर दिँदा बागलुङबाट कुश्मातर्फ गैरहेको ध २ प ६०९ स्कुटर चालक बागलुङ नगरपालिका ६ का भवानीशंकर सापकोटा घाइते भएका हुन् ।

घाईतेको पर्वत अस्पतालमा उपचार भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्वतका निमित्त प्रमुख राजेन्द्र पौडेलले बताउनु भयो । घाइतेको अवस्था सामान्य रहेको पर्वत अस्पतालले जनाएको छ ।