
बागलुङ ।कुडुले माध्यमिक बिद्यालयले बागलुङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधि लाई बिद्यालय कार्यक्रम गरि स्वागत तथा सम्मान गर्या ।
बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त श्रेष्ठले सामुदायिक बिद्यालय लाई राम्रो र गुणस्तरीय बनाउनेतर्फ बिद्यालय ,ब्यवस्थापन समितिकाे भुमिका महत्त्वपूर्ण हुने हुदा यसतर्फ ध्यान दिनुपर्ने धारणा राखेका थिए । बिद्यालयमा अध्ययन गर्ने बालबालिकालाई अनुशासित ब्यवहारिक बनाउने शिक्षा जरुरी भएको धारणा श्रेष्ठले राखेका थिए ।
बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्काले शिक्षा क्षेत्र लाई राजनीति बाट मुक्त गर्न सकेको खण्डमा मात्रै शिक्षाको गुणस्तर राम्रो बनाउन सकिने धारणा राखेका थिए ।
बागलुङ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कुमार बिक्रम क्षेत्रीले सामुदायिक बिद्यालयमा कार्यरत शिक्षकले आफ्नो छाेराछाेरी अब सामुदायिक बिद्यालयमा पढाएकाे खण्डमा मात्रै यसको विकास हुने धारणा राखेका थिए ।नगरपालिकाले बागलुङ नगर क्षेत्र भित्रका बिद्यालयलाई बालमैत्रि बिद्यालय बनाउन लागेको भन्दै यसलाई सबैले सहयोग गर्न समेत अध्यक्ष क्षेत्रीले अनुरोध गरेका थिए ।
बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुलेमा २०१५ सालमा स्थापना भएको सामुदायिक बिद्यालयले नगर प्रमुख बसन्त कुमार श्रेष्ठ ,उप प्रमुख राजु खड्का ,वडा अध्यक्ष कुमार बिक्रम क्षेत्री ,वडा अध्यक्ष छम बहादुर क्षेत्री लगायत लाई फूलमाला र अबिर लगाएर स्वागत सम्मान गरेको थियो ।
बिद्यालयकाे भाैतिक विकासकाे लागि जग्गा दान गर्ने ,नगद सहयोग गर्ने चन्दा दाता सुदेश राजभण्डारी लगायतका ब्यक्तिहरू लाई दाेसल्ला प्रसंसा पत्रबाट सम्मान गरिएको थियो । सो अवसरमा श्री कुडुले मा.विका संस्थापक स्व .जयबहादुर हमाल ठकुरीका नाति उधोगपति विप्लवजंग हमाललाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा चन्दा दाता सुदेश राजभण्डारी ,बिद्यालयका प्रधानअध्यापक हरिलाल कडेल लगायतका बक्ताहरूले सामुदायिक बिद्यालयलाई राम्रो बनाउन सबैको भुमिका सकारात्मक हुनुपर्ने धारणा राखेका थिए ।












