
बागलुङ।सम्पुर्ण ब्यापारी ब्यबसायीहरूकाे साझा संस्था बागलुङ उद्योग बाणिज्य संघको असार ४ गते हुने १८ आैं अधिवेशनबाट अध्यक्षका उमेदवार निर्माण कुमार श्रेष्ठ बासु र नरेश कडेल घर दैलाे अभियानमा हिडेका छन् ।
बागलुङ उद्योग बाणिज्य संघको नेतृत्व यसपटक सर्वसम्मत बनाउने भनेर ब्यवसायीहरू बिच विभिन्न चरणमा छलफल भएपनि अध्यक्षका उमेदवार बिच सहमति नभएपछि २ जना उमेदवार यतिबेला मतदाताको घर घरमा पुगेर आफुलाइ मत माग्दै हिडिरहेका छन् ।







यस्तै संघको उद्योग सदस्यमा निलेश राजभण्डारी ,ऋषिराम गाैतम र बबिन शाक्य चुनावी मैदानमा उत्रिएका छन् ।खुला सदस्य र महिला सदस्यमा सर्वसम्मत भएपनि उद्योग सदस्यमा भने सहमति हुन नसक्दा अध्यक्ष र उद्योग सदस्यकाे लागि निर्वाचन हुने भन्दै उमेदवारहरू मत माग्दै हिडिरहेका छन् ।
२०२० सालमा स्थापना भएको संघमा १ हजार ३ सय १३ जना साधारण सदस्य १ सय ७७ जना आजीवन सदस्य गरि कुल १ हजार ४ सय ९० जना व्यावसायी सदस्य मतदाता रहेका संघमा नयाँ नेतृत्व लिनकाे लागि असार ३ गतेसम्म सहमति हुन नसकेको खण्डमा असार ४ गते निर्वाचन हुनेछ ।









