
समाजमा भएका जेष्ठ नागरिकहरू अपहेलित र दुर्ब्यहारकाे शिकार भइरहेको समयमा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक जिल्ला संघले आफ्नो सासु ससुरा लाई राम्रो ब्यवहार गर्ने बागलुङका दुईजना बुहारी लाई सम्मान गरेको छ ।
जेष्ठ नागरिकलाई दुव्र्यवहार विरुद्ध दिवस जेष्ठ नागरिक लाई सम्मान सभ्य नागरिककाे पहिचान भन्ने नारा साथ आयाेजीत कार्यक्रममा घर परिवारमा बसेर आफ्नो सासू ससुरालाई राम्रो संग हेरचाह गर्ने दुई जना असल बुहारीलाई सम्मान गरियो ।
जेष्ठ नागरिक जिल्ला संघकाे आयोजना र सामाजिक विकास कार्यालय बागलुङको सहयोगमा भएको कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जेष्ठ नागरिक जिल्ला संघले असल बुहारीलाई सम्मान गरेर समाजमा उदाहरणीय कामको थालनी भएको भन्दै त्यसलाई प्रसंसा गर्दै संघले असल छाेरालाइ पनि सम्मान गर्ने कार्यक्रम ल्याउन आग्रह गरेका थिए ।
अहिले पनि हामी ब्यवहारमा रूपान्तर हुन नसक्दा सरकारले दिएका सेवा सुविधा लिन बाट बन्चित हुन पुगेको त्यस कारणले जेष्ठ नागरिक दुर्ववहारमा पर्दै गइरहेको सामाजिक विकास कार्यालयका प्रमुख डम्बर जिसीले बताए ।
जेष्ठ नागरिक राम्रो संग स्याहारसुसार गर्ने राम्रो ब्यवहार गर्ने मिठाे वचन बाेल्ने कस्तो खाने मन गर्छन् त्यस्तो खाना खुवाउने बालबालिकालाई जस्तो ब्यबहार गर्न जरुरी रहेको सम्मानित बुहारीहरूकाे भनाइ छ ।
जेष्ठ नागरिक जिल्ला संघले बागलुङ नगरपालिका भित्र रहेका बुहारी मध्य यसवर्ष सबैभन्दा उत्कृष्ट रूपमा आफ्नो सासू ससुरालाई सेवा गर्ने बागलुङ नगरपालिका वडा नम्बर ७ का उजेली कार्की र वडा नम्बर १३ का गीता राेका लाई नगद सहित सम्मान पत्रबाट सम्मान गरिएको थियो ।कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर २ हाल अमेरिका निवासी राजेन्द्र भण्डारीले आफ्नो स्वर्गीय माता लिला देवी भण्डारीकाे संझनामा ५० हजार सहयोग गरेकोमा सम्मान गरिएको थियो ।
अहिले राेजगारी र अध्ययनका लागि गाउँ घर बाट भएका छाेरा बुहारी धेरै जसाे बिदेश तर्फ गइरहेको समयमा गाउँ घरमा जेष्ठ नागरिक लाई हेरचाह गर्ने छाेरा बुहारी समेत कम हुदै गइरहेको समयमा अहिले जेष्ठ नागरिक संघले गरेको असल बुहारी सम्मान कार्यक्रमले एउटा राम्रो सन्देश दिएको छ ।समाजमा रहेका छाेरा बुहारीलाई आफ्नो आमा बुबा सासु ससुरालाई राम्रो ब्यवहार गर्न यस्तो खालको कार्यक्रमले केही हदसम्म भएपनि मद्दत गर्ने देखिन्छ । कार्यक्रममा जेष्ठ नागरिकहरूकाे निशुल्क स्वास्थ परिक्षण समेत गरिएको थियो ।
कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख डम्बर जिसी ,अधिवक्ता कृष्णप्रसाद निउरे ,नगर स्वास्थ प्रमुख रामप्रसाद खनाल ,लगायतका बक्ताहरूले धारणा राखेका थिए ।
जेष्ठ नागरिक संघका अध्यक्ष लालचन्द्र राजभण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वागत देवबहादुर श्रेष्ठ ,र संघका उपाध्यक्ष चिरञ्जीवी श्रेष्ठकाे संचालनमा सम्पन्न भएको थियो ।









