
उद्योगी–व्यवसायीको छाता सङ्गठन बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा निर्माण कुमार श्रेष्ठ बासु र नरेश कँडेलबिच प्रतिस्पर्धामा हुने भएको छ ।
अध्यक्षमा उम्मेदवारी दिएका चारमध्ये राजन कुमार शाक्य र शशि कपुर श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षका उम्मेदवार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य श्रेष्ठ र उद्योग वाणिज्य संघ बागलुङका निर्वमान महासचिव कँडेलबिच प्रतिस्पर्धा हुने भएको हो ।
यसपटक बागलुङ उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व बनाउने भनेर व्यवसायीहरूले विभिन्न चरणमा छलफल गरे पनि अध्यक्षका उम्मेदवारहरुबिच सहमति जुटन नसक्दा मतदान प्रक्रियाबाट नेतृत्व चयन हुने भएको छ ।
अध्यक्षमा उम्मेदवारी दिएका निर्माण कुमार श्रेष्ठले बागलुङका आम उद्योगी, व्यवसायीको चाहना र माग अनुसार अध्यक्षमा उम्मेदवारी दिएको बताए । उद्योगी व्यापारीहरुको सुरक्षा, व्यवसायीक प्रर्बद्धन, सिसि क्यामरा जडान, व्यवसायीक करमा कमि ल्याउन, वित्तिय तालिम र संघको संस्थागत विकासको लागि अध्यक्षमा उम्मेदवारी दिएको श्रेष्ठको भनाई छ ।
बागलुङमा रही आम उद्योगी, व्यवसायीका पीर मर्कालाई नजिकबाट बुझेको दाबी गर्ने श्रैष्ठले आफू महासंघको केन्द्रीय सदस्य रहँदा कुनै व्यवसायीले करका समस्यासँग जुध्नु परेको खण्डमा होस् या, प्रहरी, प्रशासन र वित्तिय संस्थासँग हातेमालो गरी उद्योग वाणिज्य संघबाट अभिभावकको भूमिका निर्वाह गरेको बताए ।
बागलुङको ६ दलका राजनैतिक दलका निकत व्यवसायीहरु र स्वतन्त्र व्यवसायीहरुको आफूलाई समर्थन भएको अध्यक्षका उम्मेदवार श्रेष्ठले नयाँ विश्वलाई बताए ।यस्तै अध्यक्षमा उम्मेदवारी दिएका उद्योग वाणिज्य संघका निवर्तमान महासचिव नरेश कँडेलले व्यवसायीका हरेक समस्यामा आफू उभिएको भन्दै उहाँहरुकै आग्रह र मागमा अध्यक्षको उम्मेदवारी दिएको उनले भने ।
कँडेलले आफू निर्वतमान महासचिव,पूर्वउपाध्यक्ष र दुई पटक सदस्य गरि ४ कार्यकाल विताएकोले आफ्नो अनुभवको आधारमा यसपट अध्यक्षमा आफ्नो सशक्त उम्मेदवारी रहेको बताए । अध्यक्षमा उम्मेदवारी दिएका संघका निर्वतमान प्रथम उपाध्यक्ष राजन कुमार शाक्य र कार्यसमिति सदस्य शशि कपुर श्रेष्ठले आफूलाई समर्थन गरेको कँडेलको भनाई रहेको छ । पूर्व अध्यक्ष ध्रर्व गौतम,युगेश्वर वझा, शैलेन्द्र कुमार श्रेष्ठ लगाएतका पुर्व अध्यक्ष तथा उद्योगि व्यवसायीको साथ र समर्थन आफूलाई रहेको कँडेलले बताए ।
यसै गरी संघको सदस्यको लागि अर्जुन चोखाल ,बिष्णु पन्त ,श्रीजय श्रेष्ठ ,नविन कुमार श्रेष्ठ, राजेश भारी ,उमाकान्त शर्मा ,गणेश लम्साल ,महेन्द्र प्रसाद शर्मा ,बिष्णु प्रसाद अधिकारी ,ईन्द्रमणी पौडेल ,दीपक हमाल ,भुपाल कार्की ,राजु गौतम ,संजय श्रेष्ठ ,ईश्वर जंङ्ग राजभण्डारी ,उद्योग सदस्यमा निलेश राजभण्डारी ,ऋषिराम गौतम र बबिन शाक्य चुनावी मैदानमा उत्रिएका छन् ।१४ जना खुला सदस्य चाहिने संघमा १५ जनाको उमेदवारी परेको छ ।उद्योग सदस्य दुई जना आवश्यक पर्नेमा ३ जनाको उमेदवारी परेको छ ।
महिला दुईजना सदस्य यमुना रेग्मी र शिवकला थापा भने निर्विरोध भएका छन् ।असार ४ गते अध्यक्ष १ उद्योग सदस्य २ र खुला सदस्य १४ जना गरि १७ जनाको लागि निर्वाचन हुने छ । निर्वाचनमा १ हजार ४ सय ९० जना मतदाता मतदानमा सहभागि हुँदैछ ।









