कँडेललाई समर्थन गर्दै शाक्य र श्रेष्ठद्वारा अध्यक्षको उम्मेदवारी फिर्ता

-


     हिडन खबर    
     जेठ ३१ गते २०७९ मा प्रकाशित


बागलुङ बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षको लागि उम्मेदवारी दिएका राजन कुमार शाक्य र शशि कपुर श्रेष्ठले उम्मेदवारी फिर्ता लिदै नरेश कँडेललाई समर्थन गर्ने बताएका छन् ।

आईतबार अध्यक्षको लागि मनोनय दर्ता गराएका शाक्य र श्रेष्ठले कँडेललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वतमान महासचिव,पूर्वउपाध्यक्ष र दुई पटक सदस्य गरि ४ कार्यकाल विताएको कँडेललाई अध्यक्षमा सघाउने समतिमा उम्मेदवारी फिर्ता लिएको शाक्य र श्रेष्ठले बताए । २ जनाले फिर्ता लिएपछि अब अध्यक्षमा निर्माण कुमार श्रेष्ठ र नरेश कँडेलको उम्मेदवारी कायम रहेको छ ।

उद्योगी–व्यवसायीको छाता सङ्गठन बागलुङ उद्योग वाणिज्य संघको आगामी असार ४ गते हुने निर्वाचनमा अध्यक्ष पदमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व सदस्य निर्माण कुमार श्रेष्ठ र बागलुङ उद्योग वाणिज्य संघका निवर्तमान महासचिव नरेश कँडेलबिच प्रतिस्पर्धा हुने निस्चित भएको छ ।

सदस्यमा उम्मेदवारी दिएका अर्जुन चोखाल, विष्णु राज पन्त, श्रीजय श्रेष्ठ, नविन कुमार श्रेष्ठ, गणेश राज लम्साल, महेन्द्र प्रसाद शर्मा,उमाकान्त शर्मा बाबु, राजेश भारी, इन्द्रमणी पौडेल अर्जुन, विष्णु प्रसाद अधिकारी, दिपक हमाल,भुपाल कार्की, राजु गौतम, संजय कुमार श्रेष्ठ, ईश्वर जंग राजभण्डारी र उद्योग तर्फ निलेश राजभण्डारी, ऋषिराम गौतम र बबिन शाक्यको उम्मेदवारी कायमै रहेको छ ।

अध्यक्षसहित १९ जना सदस्यको लागि निर्वाचन हुनु पर्नेमा दुई जना महिला उद्यमी निर्विरोध निर्वाचित भएकोले अध्यक्षसहित २ जना उद्योग सदस्य र १४ जना सदस्यको लागि निर्वाचन हुँदैछ । निर्वाचनमा १ हजार ४ सय ९० जना मतदाता मतदानमा सहभागि हुँदैछ ।