बागलुङमा बिपद् ब्यवस्थापन गर्न सामग्रीको अभाव

-


     हिडन खबर    
     जेठ ३१ गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिकामा बिपद ब्यवस्थापन समितिले अन्तर्क्रिया कार्यक्रम गरि अब मनसुन जन्य बिपद् लाई ध्यानमा
राखेर सराेकारवाला संग राय सुझाव लिएको छ ।

बागलुङ नगरपालिका ,जिल्ला प्रशासन कार्यालय ,जिल्ला प्रहरी कार्यालय ,नेपाली सेना सशस्त्र प्रहरी गण ,बिपद प्रहरी ,राष्ट्रिय अनुसन्धान कार्यालय ,धाैलागिरि अस्पताल ,स्वास्थ्य कार्यालय ,जिल्ला बन कार्यालय ,नेपाल स्काउट ,पत्रकार ,सामुदायिक सेवा केन्द्र ,लगायतका सराेकारवाले अब हुन सक्ने बिपद् लाई के कसरी समाधान गर्न सकिन्छ भन्ने बारे आआफ्नो धारणा राखेका थिए ।

जिल्लामा बिपद् पर्दा काम गर्ने दक्ष जनशक्ति प्रसस्त भएपनि बिपद् पर्दा चाहिने सामग्री नभएको भन्दै त्यसको ब्यवस्थापन गर्न बागलुङ नगरपालिका लाई आग्रह गरेका थिए । बागलुङ बजार भित्र जथाभावी रूपमा राखिएका ग्यास भण्डारण ,निति नियम बिपरित बनाइएका पेट्रोल पम्पकाे कारण जाेखिम हुदा समेत प्रहरी प्रशासनले ध्यान नदिएको कुरा बक्ताहरूले राखेका थिए ।

बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ ,उम प्रमुख राजु खड्का ,जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पाैडेल ,जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दयानिधी ज्ञावली,सशस्त्र प्रहरी गणका प्रमुख राकेश गुरूङ, स्वास्थ कार्यालय बागलुङका देव प्रकाश घिमिरे ,नेपाल पत्रकार महासंघका सचिव विजय राना ,सहसचिव तारानाथ आचार्य ,अन्तर पार्टी महिला संजालका अध्यक्ष कुसुम बुढा ,सामुदायिक सेवा केन्द्रका अध्यक्ष दुर्गा आचार्य ,लिला खड्का,धाैलागिरि बहुमुखी क्याम्पसका बिद्यार्थी बिष्णु पाैडेल ,बैंकर्स संघका अध्यक्ष हेमराज पाैडेल गैरसरकारी संस्था महासंघका मुक्ति राम सापकोटा लगायतका बक्ताहरूले धारणा राखेका थिए ।

विपद्का सम्भावित घटनाको बारेमा सम्बन्धित सबैलाई पूर्व जानकारी गराउन, तत्काल सूचना सङ्कलन, विश्लषेण तथा सम्प्रेषण गर्ने र खोज, उद्धार तथा राहत सम्बन्धी कार्यको समन्वय तथा परिचालन गर्न आपत्कालीन काम कार्वाही अगाडि बढाउन सबैले आआफ्नो क्षेत्र बाट भुमिका खेल्नुपर्ने धारणा सराेकारवालाले ब्यक्त गरेका थिए ।

विपद्को समयमा तत्काल परिचालन हुने गरी फ्लाइङ्ग स्क्वाड गठन गर्ने,विपद्को समयमा खोज, उद्धार तथा राहत कार्यका लागि तत्काल परिचालन गर्ने स्वयंसेवक ब्यूरो गठन गर्ने, विपद् प्रभावित क्षेत्रका नागरिकहरुलाई अस्थायी पुनर्स्थापना तथा सिकाइ केन्द्रको निर्माणमा स्थानीय समुदाय एवं स्वयंसेवकहरू परिचालन गर्ने, गराउने, विपद् प्रतिकार्यमा निजी तथा गैरसरकारी संस्था, स्थानीय समुदाय तथा अन्य सरोकारवालालाई समन्वयात्मक रूपमा परिचालन गर्ने, गराउने, विपद्का लागि आपत्कालीन गोदाम घर सञ्चालन गर्ने तथा प्राप्त राहत सामग्रीको व्यवस्थापन गर्ने,विपद् बाट प्रभावित व्यक्तिका लागि मनोसामाजिक परामर्श सेवा उपलब्ध गर्ने, गराउने विपद् व्यवस्थापन सम्बन्धी तोकिए बमोजिमका अन्य कार्य गर्ने, गराउने बिषयमा समेत छलफल भएको थियो ।