बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा ४ जनाकाे उमेदवारी

-


     हिडन खबर    
     जेठ २९ गते २०७९ मा प्रकाशित


बागलुङ।सम्पुर्ण ब्यापारी ब्यबसायीहरूकाे साझा संस्था बागलुङ उद्योग बाणिज्य संघको असार ४ गते हुने१८ आ‌ैं अधिवेशनबाट नयाँ नेतृत्वकाे लागि ४ जना ब्यवसायीले आफ्नो उमेदवारी दर्ता गरेका छन् ।

संघको अध्यक्षकाे लागि नेपाल उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ बासु ,संघका वर्तमान महासचिव नरेश कडेल ,संघका प्रथम उपाध्यक्ष राजन कुमार शाक्य ,र संघ वर्तमान कार्यसमिति सदस्य शशि कपुर श्रेष्ठले आआफ्नो उमेदवारी दर्ता गरेका छन् ।

बागलुङ उद्योग बाणिज्य संघको नेतृत्व यसपटक सर्वसम्मत बनाउने भनेर ब्यवसायीहरू बिच विभिन्न चरणमा छलफल भएपनि अध्यक्ष बन्ने कुरामा चर्चामा आएका ५ जना ब्यवसायी बिच सहमति हुन नसकेपछि ४ जनाले अध्यक्ष पदको लागि आफ्नो उमेदवारी दर्ता हुन् ।अहिले उमेदवारी दिने ४ जना ब्यवसायी नेपाली कांग्रेस निकटका हुन् बामपंथी निकट ब्यवसायीहरूले भने यसपटक अध्यक्ष पदमा उमेदवारी दिएका छैनन् ।

यस्तै संघको सदस्यकाे लागि अर्जुन चाेखाल ,बिष्णु पन्त ,श्रीजय श्रेष्ठ ,राजेश भारी ,उमाकान्त शर्मा ,गणेश लम्साल ,
महेन्द्र प्रसाद शर्मा ,बिष्णु प्रसाद अधिकारी ,ईन्द्रमणी पाैडेल ,दीपक हमाल ,भुपाल कार्की ,राजु गाैतम ,संजय श्रेष्ठ ,आ‌ेमप्रकाश गाैतम ,ईश्वर जंङ्ग राजभण्डारी ,उद्योग सदस्यमा निलेश राजभण्डारी ,ऋषिराम गाैतम र बबिन शाक्य ,महिला सदस्य यमुना रेग्मी ,शिवकला थापाकाे उमेदवारी दर्ता भएको निर्वाचन अधिकृत भुमिश्वर गा‌‌‌‌ैतमले बताए ।
१४ जना खुला सदस्य चाहिने संघमा १५ जनाकाे उमेदवारी परेको छ ।महिला दुईजना सदस्य यमुना रेग्मी र शिवकला थापा भने निर्विरोध भएका छन् ।

अध्यक्ष १ महिला सदस्य २ उद्योग सदस्य २ र खुला सदस्य १४ जना गरि १९ जनाको लागि निर्वाचन हुने छ ।
२०२० सालमा स्थापना भएको संघमा १ हजार ३ सय १३ जना साधारण सदस्य १त् सय ७७ जना आजीवन सदस्य गरि कुल १ हजार ४ सय ९० जना व्यावसायी सदस्य मतदाता रहेका संघमा नयाँ नेतृत्व लिनकाे लागि सहमति हुन नसकेको खण्डमा असार ४ गते निर्वाचन हुनेछ ।