
बागलुङ बजारका व्यावसायीलाई चुनावी सर्गर्मिले छुन थालेको छ ।
बागलुङ उद्योग वाणिज्य संघको १८ औं अधिवेशनका लागि नेतृत्व तह लगायत सदस्य पदमा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । संघको अधिवेशन आउन १ हप्ता बाँकी रहँदा बजारका हरेक व्यावसायीलाई चुनावी रौनकले तताएको छ ।
यसैबीच संघको सदस्य पदमा जनता समाजवादी पार्टी सम्बद्ध उद्योग व्यापार संघका केन्द्रीय सदस्य एक बहादुर केसी(संगम)को खुल्ला सदस्य पदका लागी उम्मेदवारीमा दाबी रहेको बताउनुभयो ।
आफुसहित पार्टीको तर्फबाट ५ जनाको उम्मेदवारी रहने केसीले बताउनुभयो ।
वाणिज्य संघको सदस्य उद्योग व्यापार संघ बाग्लुङका अध्यक्ष महेन्द्र प्रसाद शर्मा, सदस्य धुर्ब शर्मा, कृष्ण शर्मा र शंकर कुँवरले पार्टीको तर्फबाट उम्मेद्बारी घोषणा गर्ने निर्णय गरेको केसीले बताउनुभयो ।









