
बागलुङ नयाँ शैक्षिकसत्र सुरूआत भएको ३ साता बितिसक्दा पनि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको गृह जिल्ला बागलुङका विद्यालयमा पाठ्यपुस्तक प्रयाप्त मात्रामा पुगेको छैन । बिद्यालयमा भर्ना अभियान सकिदा समेत सरकारले बिद्यार्थीका लागि पुस्तक उपलब्ध गराउन सकेको छैन ।
नयाँ शैक्षिकसत्र शुरू भएको ३ साता बितिसक्दा समेत पाठ्यपुस्तक उपलब्ध हुन नसक्दा बिद्यार्थी पढाइबाट बन्चित भएका छन् ।
भर्ना भएका बालबालिकाको हातमा अध्ययन गर्ने पाठ्यपुस्तक प्राप्त हुन नक्दा पठनपाठनमा समस्या भएको हो। बालबालिका अध्ययनको लागि विद्यालय आउन थालेको ३ साता सम्म पाठ्यपुस्तक उपलब्ध नहुदा पढाइबाट बन्चित भएका छन् ।
जिल्ला सदरमुकाममा रहेको सबैभन्दा पुरानो सामुदायिक बिद्यालय बिद्यामन्दिर माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरूले पढ्ने पुस्तक नभएको गुनासो गरेका छन् । बिद्यालय संचालन भएको ३ साता बितिसक्दा समेत आफुहरूले पुुस्तक नपाउदा अध्ययनमा समस्या भएको बताएका छन् ।
जिल्ला सदरमुकाम बागलुङ बजारमा पुस्तक लिन जाँदा पुस्तक आज आउँछ र भोलि आउँछ भन्ने जवाफ सुनेर बिद्यार्थी फर्किन बाध्य भएको बिद्यामन्दिर माध्यमिक बिद्यालयका प्रधानअध्यापक शान्तमणि ढकालले बताए ।
शैक्षिकसत्र शुरूवात भएको ३ साता बितिसक्दा समेत पुस्तक उपलब्ध नहुदा बिद्यार्थी मर्कामा परेको हुदा छिटोभन्दा छिटो पुस्तक उपलब्ध गराउने काम सरकारले गर्न जरुरी भएको राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए ।
अहिले जिल्लाका सरकारी र अधिकांश निजी विद्यालयमा पुस्तक अभाव रहेको छ । जिल्लाका विद्यालयहरूमा ४५ प्रतिशत पाठ्यपुस्तक उपलब्ध भइसकेको भए पनि सरकारी विद्यालयमा भने ५५ प्रतिशत पाठ्यपुस्तक प्राप्त गर्न नसकेको शिक्षक तथा विद्यार्थीको गुनासो छ।
बहालवाला शिक्षा मन्त्री पौडेलले आफ्नो गृह जिल्लामा समेत सामुदायिक बिद्यालयका बिद्यार्थीले पढ्ने पुस्तक उपलब्ध गराउन सकेका छैनन् भने अन्य जिल्लाका अवस्था कस्तो छ आफै अनुमान लगाउने उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए ।









