विश्व वातावरण दिबसकाे अबसरमा सशस्त्र प्रहरीका युनिटमा बृक्षारोण कार्यक्रम सम्पन्न

-


     हिडन खबर    
     जेठ २२ गते २०७९ मा प्रकाशित


पाेखरा ।ससस्त्र प्रहरी बल नेपालले विश्व बाताबरण दिवश (June -5 2022) अवसरमा देशभरका आफ्ना युनिटहरुमा बृक्षारोण कार्यक्रम सम्पन्न गरेको छ । यसै अबसरमा गण्डकी प्रदेश स्थित शसस्त्र प्रहरी बल नेपाल हुल तथा दङ्गा ब्यबस्थापन तालिम शिक्षालय, लामापाटन पोखराले आफ्नो कार्यालय परिसरमा बृक्षारोण कार्यक्रम सम्पन्न गरेको छ ।

तालिम शिक्षालयाका निमित्त समादेशक ससस्त्र प्रहरी नायब उपरीक्षक प्रेम प्रकाश सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उक्त शिक्षालयमा कार्यरत सिनियर अधिकृत, जुनियर अधिकृत, बिल्लादार तथा जवान र विभिन्न तालिममा तालिमरत प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा फलफुल तथा विभिन्न प्रजातिका १ हजार २सय ३५ बटा बोटबिरुवा रोपिएको थियो ।

`ज्ञान, कला, काैशल´ आदर्श वाक्य बोकेको यस ससस्त्र प्रहरी बल नेपाल हुल तथा दङ्गा ब्यबस्थापन तालिम शिक्षालय, लामापाटन पोखराले ससस्त्र प्रहरी बलका विभिन्न आधारभुत तथा उन्नत तालिमहरु सन्चालन गर्ने गर्दछ । यस कार्यालयले विभिन्न समयमा स्थानिय स्तरका सामाजिक कार्यहरुमा समेत आफ्नो सहभागिता जनाउदै आईरहेको छ ।