कुँडुलेमा गत वैशाखमा सम्पन्न वृहत व्रम्ह यज्ञको आय व्यय सार्वजनिक

-


     हिडन खबर    
     जेठ २० गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले फेदीको श्रीधराचार्य शालग्राम संग्रहालय, तिरूपतिबालाजी धाममा गत वैशाख १४ देखि २४ गतेसम्म भएको वृहत व्रम्ह यज्ञको आय व्यय सार्वजनिक गरिएको छ । शुक्रबार मन्दिर परिषरमा आयोजित भेलामा यज्ञको आय ब्यय सार्वजनिक गरिएको हो

। यज्ञमा विभिन्न श्रद्धालु भक्तजनबाट १ करोड ६ लाख २९ हजार ४ सय २३ रुपैयाँ रकम संकलन भएको यज्ञ सम्पादन समितिका महासचिव हरिप्रसाद उपाध्ययले बताउनु भयो । यज्ञ सम्पन्न गर्न ४३ लाख ८३ हजार २ सय ७२ रुपैया खर्च भएको जनाइएको छ ।

यज्ञ सम्पन्न गरि वचेको ६२ लाख ९६ हजार १ सय ५१ रुपैया मन्दिरको विकासको लागि खर्च गरिने आयोजकले जनाएको छ । यज्ञमा नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत सन्त महात्महरु उल्लेखिय उपस्थिति रहेको थियो ।

संसारकै एकमात्र पवित्र कालिगण्डकी नदिमा पाइने शालग्राम संग्रह गरि निर्माण गरिएको शालग्राम संग्रहालयसँगै दुई वर्ष अघि निर्माण सम्पन्न भएको श्रीरंगवैकटेश मुक्तिनाराय मन्दिरको ब्रह्मयज्ञकै अवसरमा उद्घाटन गरिएको थियो ।

धार्मिक तथा अन्तरिक पर्यटकको लागि शालग्राम संग्रहालय प्रवेश गर्ने मुख्य द्वारमा बाघको मुर्ति बनाएर धार्मिक पर्यटकलाई आकर्षित गर्ने काम भएको छ । यज्ञले धार्मिक पर्यटकहरुको आकर्षण बढेको यज्ञ सम्पादन समितिका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउन् भयो ।

कुँडुलेमा निर्माण गरिएको शालग्राम संग्रहालय, पञ्चकोट निर्माण थालिएसँगै यहाँ भारतीय पर्यटकहरुको आगमन वढेको छ।

भारतीय हिन्दु धर्मालम्बीहरुको मुख्य आर्कषण शालग्राम संग्रहालय रहेको छ। संग्रहालयलाई सामान्य शिलाको रुपमा मात्र नभई देवी देवताहरुको स्वरुपका रुपमा लिईने भएकोले पनि भारतीय पर्यटकहरु बागलुङ आउन थालेका हुन् ।