
स्थानीय तहको निर्वाचन सकिए लगत्तै बागलुङ उद्योग बाणिज्य संघको निर्वाचनले बजार तात्न थालेको छ ।
सम्पूर्ण ब्यापारी व्यवसायीहरूकाे साझा संस्थाकाे रूपमा रहेको बागलुङ उद्योग बाणिज्य संघको १८ आै अधिवेशन असार ४ गते हुने निश्चित भएसंगै संघको नयाँ नेतृत्व गर्नका लागि ५ जना व्यवसायीहरू अध्यक्षकाे नेतृत्व गर्नका लागि आकांक्षी देखिएका छन् ।
२०२० सालमा स्थापना भएको संघमा १ हजार ३ सय १३ जना साधारण सदस्य १त् सय ७७ जना आजीवन सदस्य गरि कुल १ हजार ४ सय ९० जना व्यावसायी सदस्य मतदाता रहेका संघमा नयाँ नेतृत्व लिनकाे लागि यतिबेला व्यवसायी राजनीति भेटघाट गरेर आफ्नो दाबी पेश गर्दै डाैडधुपमा लागेका छन् ।
काेराेना लगायतका कारणले हुन नसकेको बागलुङ उद्योग बाणिज्य संघको साधारणसभाले केही महिनाअघि अधिवेशन गर्ने मिति तय गरेपछि बागलुङ उद्योग बाणिज्य संघको अध्यक्ष बन्नका लागि नेपाल उद्योग बाणिज्य संघका पुर्व केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ बासु , संघका बरिस्ठ उपाध्यक्ष उमाकान्त शर्मा बाबू,महासचिव नरेश कंडेल, प्रथम अध्यक्ष राजन कुमार शाक्य र कार्यसमिति सदस्य शशि कपुर श्रेष्ठ यतिबेला आकांक्षी भएको बजारमा चर्चा चल्न थालेको छ ।
यसपटक संघको नेतृत्व गर्न आफू सबै हिसाबले सक्षम भएको बागलुङ उद्योग बाणिज्य संघका महासचिव नरेश कंडेलले हिडन खबरलाई बताउनुभयो । संघलाई नयाँ ढंगले अगाडि बढाउने आफ्नो भावी योजना रहेको यसपटक अध्यक्षकाे लागि आफ्नो दावी सशक्त रहेको अहिलेसम्म काम गरेको हिसाबले सबै साथीहरूले आफ्नो नेतृत्व स्विकार्नु हुने कुरामा विश्वस्त रहेको बताउनुभयो ।
यसपटक बागलुङ उद्योग बाणिज्य संघको नेतृत्वमा जानकाे लागि संघका बरिस्ठ उपाध्यक्ष उमाकान्त शर्मा बाबु अगाडि बढेका छन् ।बागलुङ उद्योग बाणिज्य संघमा डेढ दशक भन्दा बढी कार्यसमितिमा रहेर महत्त्वपूर्ण जिम्मेवारी निभाइसकेकाे कारणले यसपटक संघको अध्यक्षमा आफ्नो सबै हिसाबले दाबी रहेको शर्माले हिडन खबर लाई बताउनुभयो ।
यसपटक बागलुङ उद्योग बाणिज्य संघ वर्तमान सदस्य शशि कपुर श्रेष्ठ नयाँ नेतृत्वको लागि आफू मैदान उत्रिने हिडन खबर लाई बताउनुभयो । सहसचिव ,द्वितीय उपाध्यक्ष हुदै ६ कार्यकाल कार्यसमितिमा बसेर काम गरिसकेको अनुभव आफू संग रहेको यसपटक सहमतिकाे आधारमा आफुलाइ अध्यक्षमा सहयोग नगरेमा स्वतन्त्र रूपमा उमेदवारी दिने श्रेष्ठले हिडन खबर लाई बताउनुभयो । श्रेष्ठले स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिका वडा नम्बर २ बाट स्वतन्त्र रूपमा उमेदवारी दिनुभएको थियो पछि सहमतिकाे लागि उमेदवारी दिएपनि निर्वाचनबाट पछि हटेका थिए ।
यस्तै बागलुङ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि वर्तमान प्रथम उपाध्यक्ष राजन कुमार शाक्यकाे सशक्त दाबी रहेको बताउँछन् । संघ झण्डै डेढ दसक देखि विभिन्न पदमा बसेर महत्त्वपूर्ण भुमिका निभाइ सकेको कारणले यसपटक आफ्नो दावी रहनु स्वभाबिक भएको हिडन खबरलाई बताउनुभयो । संघको काेषाध्यक्ष ,उपाध्यक्षकाे भुमिका निभाइसकेकाे अनुभव आफ्नो भएको अहिले उमेदवार दाबी गर्ने साथीहरू मध्य पुरानो भएको नाताले पनि यसपटक आफुले नेतृत्व गर्न पाउनुपर्ने शाक्यकाे दाबी रहेको छ ।
यस्तै सधै भरि पर्दा पछाडि बसेर बागलुङ उद्योग बाणिज्यलाई चलाउदै आएका संघका प्रमुख खेलाडीकाे रूपमा समेत परिचित संघका पुर्व केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ बासु पनि अध्यक्षकाे लागि उपयुक्त पात्र हुन सक्ने भन्दै यसपटक
पर्दा भित्र भएर संघ चलाइरहेका पात्रको रूपमा हेरिने निर्माण कुमार श्रेष्ठलाई अध्यक्ष बनाएर संघको अहिलेसम्म गिरेको सानलाई माथि उठाउने भुमिका खेल्न जरुरी रहेको संघका पुर्व अध्यक्षहरूकाे भनाइ रहेको छ ।यसपटक श्रेष्ठलाई सर्वसम्मत बनाएर संघलाई एकधिक्का बनाउने बेला आएको छ भनेर ब्यापारी ब्यवसायी बिच चर्चा चलेको छ ।
गत अधिवेशनमा बामपंथीकाे रूपमा परिचित दयाराम पाैडेल अध्यक्षमा प्रतिस्पर्धा भएपनि यसपटक भने अहिलेसम्म एमाले ,माआेेवादी ,राजमाे र एकीकृत समाजवादी समर्थक यसपटकको अधिवेशनमा के कसरी जाने भन्ने बारे केही कुरा सार्वजनिक गरेका छैनन् । यतिबेला बागलुङ उद्योग बाणिज्य संघ भित्र नेपाली कांग्रेस समर्थित ५ ब्यापारी व्यवसायीअध्यक्षकाे लागि आकांक्षी देखिन्छन् ।





२०२० सालमा स्थापना भएको बागलुङ उद्योग बाणिज्य संघमा
अहिलेसम्म शिव कुमार प्रधान २०२० सालदेखि २०२६ ,गजेन्द्र बहादुर श्रेष्ठ ,२०२६/२०२७ खड्ग बहादुर श्रेष्ठ ,२०२७/२०३२ सुरज कुमार श्रेष्ठ २०३२/२०३६ ,लालचन्द्र राजभण्डारी ,२०३६/२०३८ रामनारायण श्रेष्ठ ,२०३८/२०४२ ,श्याम श्रेष्ठ ,२०४२/२०४६ हरिप्रसाद श्रेष्ठ ,२०४६ /२०४९ बिराटकुमार श्रेष्ठ २०४९ /२०५३ , शैलेन्द्र कुमार श्रेष्ठ ,२०५३/२०५८
शहदेव राजभण्डारी ,२०५८/२०६१ युगेश्वर कुमार वझा ,२०६१/२०६३ ध्रुवराज गाैतम ,२०६३/२०६६ बसन्त कुमार श्रेष्ठ ,२०६६/२०७२ जयराम भारी २०७२/२०२०७५ वर्तमान अध्यक्ष युवराज राजभण्डारीले २०७५/२०७९ नेतृत्व गरिसकेका छन् ।









