लायन्स क्लबको जनप्रतिनिधिलाई बधाई तथा सम्मान

-


     हिडन खबर    
     जेठ २० गते २०७९ मा प्रकाशित



बागलुङमा रहेको सामाजिक संस्थाले स्थानीय तहका जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेकाे छ ।

लायन्स क्लब अफ धाैलागिरि बागलुङ र लायन्स क्लब अफ बागलुङ सिटीकाे संयुक्त आयोजनामा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ ,बागलुङ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष छमबहादुर कार्की ,बागलुङ नगरपालिका वडा नम्बर २ का वडा सदस्य अर्जुन घिमिरेलाई सदरमुकाममा एक कार्यक्रमका बिच बधाई तथा सम्मान गरिएको हाे ।लायन्स क्लब अफ धाैलागिरि बागलुङका पुर्व अध्यक्ष समेत रहेका श्रेष्ठ बागलुङ नगरपालिकाकाे नगर प्रमुखमा बिजयी हुनु क्लबको लागि पनि प्रतिष्ठाकाे बिषय भएको धारणा बक्ताहरूले राखेका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले आफुलाइ अहिले यो ठाउँमा आउनमा ३ वटा संस्थाकाे भुमिका महत्त्वपूर्ण रहेको बताए ।बागलुङ जेसिज,बागलुङ उद्योग बाणिज्य संघ ,र लायन्स क्लब अफ धाैलागिरि बागलुङकाे नेतृत्व गरिसकेको हुनाले आफुलाइ अहिले नगरपालिकामा आउन सहयोग पुर्याएकाे मेयर श्रेष्ठले बताए । बागलुङ नगरपालिकालाई सुन्दर बनाउन बागलुङमा पर्यटक भित्र्याउने योजना बनाएको अब छिट्टै कार्वान्यन गरेर जाने योजना रहेको श्रेष्ठले बताए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका वडा अध्यक्ष छमबहादुर कार्की ,बागलुङ नगरपालिका वडा नम्बर २ का वडा सदस्य अर्जुन घिमिरे ,लायन्स क्लब अफ धाैलागिरि बागलुङका संस्थापक अध्यक्ष केबी रानामगर ,पुर्व अध्यक्ष काजीमान गुरूङ लगायतका बक्ताहरूले सामाजिक सेवाको क्षेत्रमा काम गरेका ब्यक्तिहरू सामाजिक संघसंस्था देखि स्थानीय तह लगायतका ठाउँमा पुग्न सफल भएका छन् यसलाई ठिक ढंगले अगाडि बढ्न सकेको खण्डमा अझ प्रभावकारी हुने ,लायन्स क्लब भित्र धेरै संभावना रहेको हुदा यसलाई उपयाेग गर्न सक्नुपर्ने धारणा राखेका थिए ।

लायन्स क्लब अफ धाैलागिरि बागलुङका अध्यक्ष तालबहादुर कुवँरकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य लायन्स क्लब अफ बागलुङ सिटीका सृजना श्रेष्ठ संचालन लायन्स क्लब अफ धाैलागिरि बागलुङका सचिव राजेश भारीले गरेका थिए ।