
बागलुङ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन सकिए लगत्तै बागलुङका ब्यवसायीहरूकाे निर्वाचनकाे चर्चा शुरू भएको छ। आगामी असार ४ गते हुने बागलुङ उद्योग बाणिज्य संघको १८ औं अधिवेशन नजिकिँदै गर्दा निर्वाचनको व्यापारी व्याबसायीमा चासो बढ्न थालेको छ ।
बागलुङ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया अगाडि बढाएपछि निर्वाचन समितिले संघमा उमेदवार बन्नकाे लागि मनाेनयन शुल्क निर्धारण गरेको छ ।असार ४ गते हुने निर्वाचनमा अध्यक्ष पदका उमेदवारले ५० हजार मनाेनयन शुल्क बुझाउनुपर्ने निर्वाचन समितिका प्रमुख भुमिश्वर गाैतमले बताए । यस्तै संघको सदस्यपदमा उमेदवारी दिनका लागि २० हजार मनाेनयन शुल्क जम्मा गर्नुपर्ने छ ।
संघको नयाँ निर्वाचन पश्चात् कार्यसमितिमा पदाधिकारी बन्न समेत छुट्टै शुल्क बुझाउनुपर्ने ब्यवस्था भएको छ ।वरिष्ठ उपाध्यक्ष ,प्रथम उपाध्यक्ष ,द्वितीय उपाध्यक्ष ,महासचिव र काेषाध्यक्ष हुने सदस्यले २० हजार उपमहासचिव ,र सहकाेषाध्यक्षले १० हजार र संघको मनाेनित सदस्य बन्न समेत २० हजार मनाेनयन शुल्क लाग्ने भएको छ ।
२०२० सालमा स्थापना भएको संघमा १३१३ जना साधारण सदस्य १७७ जना आजीवन सदस्य गरि १४९० जना सदस्य मतदाता रहेका छन् । संघमा नयाँ नेतृत्व लिन उमेदवार बन्नेहरू यतिबेला भेटघाटमा ब्यस्त देखिन्छन् ।









