सम्पर्क बिहिन जहाज क्षतविक्षत अवस्थामा भेटियो

- जहाजमा सवार सबैको मृत्यु भएको आशंका गरिएपनि आधिकारिक पुष्टि भने भएको छैन

-


     हिडन खबर    
     जेठ १६ गते २०७९ मा प्रकाशित


आइतबार देखि सम्पर्क बिहिन जहाज क्षतविक्षत अवस्थामा भेटिएको छ ।

आइतबार बिहान ९:५५ बजे पोखराबाट मुस्ताङका लागि चालक दल सहित २२ जना यात्रु लिएर उडेको जहाज उडेको केहि मिनेटमै सम्पर्क बिहिन भएको थियो ।

१९ यात्रु र ३ जना चालक दलका यात्रु सवार जहाज
२२ घण्टापछि क्षतविक्षत अवस्थामा भेटिएको छ ।
सम्पर्क बिहिन तारा एयरको 9N-ATA जहाज क्षतविक्षत अवस्थामा मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका-२ काेबांङ स्थित मानापाथि हिमालकाे फेदमा क्षतविक्षत अवस्थामा भेटिएको छ ।

सम्पर्क बिहिन जहाज प्रतिकुल मौसमका कारण २२ घण्टादेखि हवाईमार्ग र स्थलमार्ग खोजतलास गरिएपनि भेट्टिएको थिएन ।
सोमबार बिहान ८ बजे भेटएको जहाजमा सवार सबैको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ यद्यपि आधिकारिक जानकारी भने आएको छैन । तस्बिर नेपाली सेना