१५ औं गणतन्त्र दिवसको अवसरमा बडिगाडमा दिप प्रज्वलन

- वडिगाडमा दिप प्रज्वलन

-


     हिडन खबर    
     जेठ १५ गते २०७९ मा प्रकाशित


फोटो सौजन्य: कमल शर्मा(वडिगाड गाउँपालिका कर्मचारी) १५ औं गणतन्त्र दिवसको अवसरमा वडिगाड गाउँपालिकामा पनि मनाएको छ ।
गाउँपालिकाको कार्यालय परिसरमा दिप प्रज्वलन गरि मनाइएको हो ।

नेपालीको नक्सा भित्र १५ औं गणतन्त्र दिवसको आकारमा दिप प्रज्वलन गरि मनाइएको हो ।
गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी लगायत जनप्रतिनिधि र कर्मचारीको सहभागीमा सामुहिक दिप प्रज्वलन गरि मनाइएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

देशमा गणतन्त्र स्थापना भएको १५ बर्ष पगेको छ । जनताबाट निर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । अधिकार र सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस ।

१५ औं गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरि गरिएको छ ।
हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइएको छ ।