१५ औं गणतन्त्र दिवस: बागलुङमा सडक सरसफाइ गरि मनाइयो

- बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठद्वारा शान्तिको प्रतीक परेवा उडाएर सरसफाइ कार्यक्रमको सुरुवात गर्नुभएको हो

-


     हिडन खबर    
     जेठ १५ गते २०७९ मा प्रकाशित


आज जेठ १५ गते अर्थात देशमा गणतन्त्र स्थापना भएको १५ बर्ष पगेको छ । अधिकार र सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस ।
जनताबाट निर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।
गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको छ ।

१५ औं गणतन्त्र दिवसको अवसरमा बागलुङमा पनि मनाएको छ ।
बागलुङ नगरपालिकाको आयोजनामा बागलुङ बजारको मुख्य सडक सरसफाइ गरि मनाएको छ । बागलुङ नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र नागरिक अगुवाको सहभागीमा लोकतान्त्रिक चोक देखि विरेन्द्र ऐश्वर्य पार्क सम्म साङ्केतिक सन्देश दिने उद्देश्यले सरसफाइ गरिएको बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठले बताउनुभयो ।
आफ्नो वरपरकाे वातावरण सरसफाइ गर्नु सबै नागरिकको कर्तव्य र जिम्मेवारी रहन्छ, प्रत्येक नागरिकले हामिले आफु बसेको घर र टोल सफा राख्न सकियो भने सफा र सुन्दर बागलुङ नगर बनाउन सजिलै सकिने भएकाले सबैले आफ्नो घर टोल सफा गर्न अनुरोध गर्दछौं” शान्तिको प्रतीक परेवा उडाएर सरसफाइ कार्यक्रमको सुरुवात गर्दै मेयर श्रेष्ठले भन्नुभयो ” फोहोर सधैं अरुले सफा गर्ने होइन, यो त सबै नागरिक आफै सचेत भएर आफ्नो वरपर आफै सफा गरेमा वातावरणीय स्वच्छताको बिकास गर्न सकिने छ”

बागलुङमा आइतबार बिहानैदेखि बर्षा भएपनि नगरपालिकाबाट दर्जनौं जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा गणतन्त्र दिवस मनाइएको हो ।

हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइएको छ ।