सम्पर्कविहीन जहाज मानापाथी हिमालको फेदमा

-


     हिडन खबर    
     जेठ १५ गते २०७९ मा प्रकाशित


आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा भेटिएको छ ।

स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताए ।
अहिले स्थानीयले दुर्घटना भएको भनेको स्थानदेखि यो कम्तीमा तीन घन्टाको दूरीमा पर्छ ।

पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दीको घोडेपानी क्षेत्रबाट विहान १०:०७ पछि सम्पर्कविहीन भएको थियो ।