
बागलुङको बडिगाड गाउँपालिकामा एक महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
बडिगाड गाउँपालिका-८ रणसिंहकिटेनि निवासी ७९ वर्षीय दिलमाया पाइजाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
मुटु सम्बन्धि समस्या रहेकि पाइजाको स्वास्थ्यमा अचानक समस्या देखिएपछि गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको पहलमा हेलिकप्टर मार्फत उद्धार गरि पोखरा स्थित मणिपाल अस्पताल पठाईएको हो ।
पालिकाको रणसिहंकिटेनि निवासी पाइजा बिरामि परेपछि उपचारकोलागि अस्पताल ल्याउँदै गर्दा आकस्मिक उद्धार आवश्यक परेसँगै अधिकारीको पहलमा पालिकाको वडा नम्बर-७ भिङगिठेको पुरानो आर्मि ब्यारेकबाट उद्धार गरि पोखरा पठाइएको पालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।
मणिपाल अस्पतालमा उपचाररत पाइजाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको परिवार स्रोतले बताएको छ ।









