आगलागी भएको घरमा पुगे जनप्रतिनिधि

-


     हिडन खबर    
     जेठ १३ गते २०७९ मा प्रकाशित


बागलुङ बजार देखि अक्षेते सडक खण्डको बोक्से मध्यपहाडि लोकमार्ग नजिकै पर्ने जगन्नाथ शर्मा उपाध्यायकाे घरमा आगलागी भए लगत्तै बागलुङ नगरपालिकाका जनप्रतिनिधि घरमा पुगेर क्षतिकाे विवरण लिएका छन् ।

बिद्धुत सर्ट भएर भिषण आगलागी भएको उपाध्यायकाे घरमा पुगेर बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष लक्ष्मण केसी शनिले आगलागीबाट जलेर क्षति भएको विवरण लिनुका साथै वडा बाट गर्न सकिने सहयोग गर्ने बताउनुभयाे ।

आगलागीबाट घरकाे एउटा खण्ड पुर्ण रूपमा जलेर नष्ट भएको छ भने घर भित्र भएको अन्नपात काठ लगायतका बस्तु सबै जलेर नष्ट भएको उपाध्यायले बताए ।

घरमा आगलागी भएको खवर गरेसँगै नगरपालिकाको दमकल घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियाे ।आगलागीबाट मानवीय क्षति भने भएको थिएन ।घटनास्थलमा प्रहरी, दमकल र स्थानीयले आगो नियन्त्रणमा लिएको थियो ।