बागलुङमा बिद्धुत सर्ट हुँदा आगलागी

- आगलागीबाट मानवीय क्षति भने नभएको परिवार स्रोतले जनाएको छ

-


     हिडन खबर    
     जेठ १२ गते २०७९ मा प्रकाशित


साङ्केतिक तस्बिर बागलुङ नगरपालिका वडा नम्बर-३ बोक्सेखाल्टा नजिकै एक घरमा आगलागी भएको छ ।

बागलुङ बजार देखि अक्षेते सडक खण्डको बोक्से मध्यपहाडि लोकमार्ग नजिकै पर्ने जगन्नाथ गौतमको घरमा बिद्धुत सर्ट भएर भिषण आगलागी भएको परिवारले जनाएको छ ।
आगलागीबाट एक घर पुर्ण रुपमा जलेको छ भने ग्यास सिलिन्डर पड्किसकेको र आडैमा रहेको घरमा समेत आगो सुरुभएको परिवारका सदस्य गंगा गौतमले बताउनुभयो ।

घरमा आगलागी भएको खवर गरेसँगै नगरपालिकाको दमकल घटनास्थलमा पुगी आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी इन्द्रबहादुर रानाले बताउनुभयो ।

आगलागीबाट मानवीय क्षति भने नभएको परिवार स्रोतले जनाएको छ ।
घटनास्थलमा प्रहरी, दमकल र स्थानीयले आगो निबाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।