
बागलुङ ।बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस जिल्ला समितिका सचिव जनप्रतिनिधिमा निर्वाचित भएपछि नेपाली कांग्रेस पार्टी बागलुङको महत्त्वपूर्ण कार्यकारी भुमिका खेल्ने सचिव अब कसले चलाउने भन्ने अन्याैल हुन पुगेको छ ।
नेपाली कांग्रेसको १४ आै अधिवेशन ठूला तामझामका साथ गरेर निर्वाचित भएका सचिव गण्डकी थापा अधिकारी स्थानीय तहको निर्वाचनमा जिल्लाकाे वडीगाड गाउँपालिकाकाकाे प्रमुखमा निर्वाचित भएका छन् भने अर्को सचिव हरिहर शर्मा जैमिनि नगरपालिकाकाे नगर उप प्रमुखमा निर्वाचित भएका छन् । यस्तै गलकाेट नगरपालिकाकाे वडा नम्बर ३ काे वडा अध्यक्षमा सहसचिव
फम खत्री बिजयी भएका छन् ।यस्तै नेपाली कांग्रेसका क्षेत्रीय सभापति जाेकलाल बुढा तमानखाेला गाउँपालिकाकाे अध्यक्षमा निर्वाचित भएका छन् ।
अहिले निर्वाचित पदाधिकारी मध्य सहसचिव ज्ञानु शिरीष कडेल मात्रै बाकी देखिनुभएकाे छ ।नेपाली कांग्रेसको महिला नेतृत्व मध्य
सशक्त भुमिका निभाउदै आउनुभएका नेत्रि शिरीष कडेल नेपाली कांग्रेसकाे महाधिवेशन प्रतिनिधिमा पार्टीको आन्तरिक कारणले निर्वाचनमा पराजित हुनुपरेपनि जिल्ला नेतृत्वमा भने निर्वाचन बाटै
आउन सफल भएका थिए । यतिबेला स्थानीय तहको निर्वाचनमा
जिल्ला सचिव दुई जना र एकजना सहसचिव जनप्रतिनिधिमा निर्वाचित भएर गएपछि पार्टी हाक्ने राम्रो अवसर आएको छ यतिबेला शिरीष कडेललाई ।निर्वाचनको समिक्षा पछि पार्टी लाई राम्रोसँग चलाउने जिम्मेवारी सम्हालेर अगाडि बढ्ने राम्रो अवसर लाई उपयाेग गर्न सकेको खण्डमा पार्टीले पनि आफ्नो गति लिने कुरामा कुनै शंका छैन ।
पार्टी हाक्ने महत्त्वपूर्ण जिम्मेवारी पाएका ब्यक्तिहरू ५ बर्षकाे लागि जनप्रतिनिधिकाे कुर्सीमा पुगेपछि नेपाली कांग्रेसकाे सचिवकाे भुमिका खेल्ने ब्यक्ति नहुदा त्यसको असर कस्तो पर्ने हाे भन्ने बारे नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले चिन्ता गर्न थालेका छन् ।
नेपाली कांग्रेसकाे नयाँ नेतृत्व आएपछि बागलुङ सदरमुकाममा नेपाली कांग्रेस पार्टीको सुविधा सम्पन्न भवन निर्माण गर्न जग्गा समेत खरिद गर्न पेश्की समेत लगाइसकेकाे अवस्थामा भएको स्थानीय तहको निर्वाचनले जाेश जाँगर भएका नेताहरू जनप्रतिनिधिकाे भुमिका निभाउन गएपछि भवनको लागि चन्दा उठाउने काम समेत यतिबेला प्रभावित बन्न पुग्ने देखिन्छ । पार्टीमा जीत शेरचन सभापति निर्वाचित भएर आएपछि नयाँ जाेश जाँगर
साथ बिपी स्मृति भवन बनाउनका लागि जुन सहयोग उठाउने अभियान चलेको थियो त्यो अहिले एकाएक राेकिन पुगेको छ हुनत स्थानीय तहको निर्वाचनको कारणले पनि सिंगो पार्टी निर्वाचनमा हाेमिनु परेकाले कारणले पनि प्रभाव पारेको देखिन्छ ।
यस्तै नेपाली कांग्रेसका उप सभापति तारानाथ पाैडेल ,र सागर छन्त्याल पश्चिम क्षेत्र निसीखाेला र ढाेरपाटनका हुनुहुन्छ ।पार्टी कार्यालय बागलुङ सदरमुकाममा रहेको र अधिकांश काम गतिविधि बागलुङमै हुने गरेको कारणले पनि पार्टी चलाउन नेपाली कांग्रेसले नयाँ ढंगले साेच्नु पर्ने धारणा नेपाली कांग्रेसका कार्यकर्ताको रहेको छ ।स्थानीय तहको निर्वाचनको समीक्षा गर्न समेत यतिबेला पार्टीले
भ्याएका छैनन् यतिबेला निर्वाचन जितेका जनप्रतिनिधिहरू स्वागत सम्मान र मतदाताको घरदैलोमा धन्यवाद दिन ब्यस्त छन् ।स्थानीय तहको निर्वाचन संगै जिल्ला समन्वय समिति गठनको लागि लागि पर्नुपर्ने कारणले पनि अझै केही दिन लाग्ने देखिन्छ । जुन उत्साहका साथ पार्टीको अधिवेशन भएको थियो त्यो अधिवेशन बाट आएको नयाँ जाेश जाँगर भएका नेतृत्व यतिबेला पार्टीको आवश्यक भएको
नेपाली कांग्रेसका कार्यकर्ताले गरिरहेका छन् ।









