महंगीकाे बिराेधमा राप्रपा

-

     हिडन खबर    
     जेठ १२ गते २०७९ मा प्रकाशित

महंगीकाे बिराेधमा राप्रपा

बागलुङ ।सरकारले गरेको पेट्रोलियम पदार्थ लगायतका अतिआवश्यक पर्ने बस्तुमा गरेको मुल्य बृद्वि फिर्ता गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका युवक संगठनले जिल्ला प्रशासन कार्यालय बागलुङमा ज्ञापनपत्र बुझाएको छ ।

पेट्रोल ,डिजेल ,मत्तितेल ,एलपी ग्यासमा गरिएको मूल्य बृद्धिले जनताको दैनिक जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै त्यसलाई तत्काल फिर्ता लिनकाे लागि सरकारकाे ध्यानाकर्षण गर्न राप्रपा युवक संगठनले सहायक प्रमुख जिल्ला अधिकारी गणेश पाैडेललाइ माग गर्दै पत्र बुझाएको राप्रपा युवक संगठनका सदस्य सुदीप गाैतमले बताए ।

राप्रपा पार्टी कार्यालय बाट महंगी बिरूद्व विभिन्न नारा लेखिएका प्लेकार्ड बाेकेर जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका थिए ।