
बागलुङ ।चाैतर्फि घेराबन्दी ,बिराेध ,स्वतन्त्र उमेदवार लगायत बिपक्षी संगकाे चुनावी प्रतिस्पर्धा बिच भरतपुर महानगरपालिकामा अत्याधिक मतान्तरले गठबन्धनबाट माआेवादी केन्द्रबाट उमेदवार बन्नु भएका रेनु दाहाल निर्वाचित भए लगत्तै छाेरीले लेखेको चिठी मर्मस्पर्शी भएकोले हिडन खबरमा पाेष्ट गरेका छाै । निर्वाचन जितेकोमा बधाई दिदै भरतपुर बासी सबैको नेता बन्नु हाेला भनी अनुरोध समेत गरेका छन् ।


असीमीत बधाइ ममी! भरतपुर बासी सबैको नेता बन्नु होला ।🙏🏻
मौन अवधि सुरु हुने अघिल्लो रात थियो । ममी घर आउँदा राती १२ बजिसकेको थियो, खुट्टा हरुमा फोका उठेका थिए, स्वर चिन्नै नसक्ने गरी सुकेको थियो, शरिर थकित देखिन्थ्यो । तर ममी लाई यस्तो देखेको पहिलो घटना थिएन । गत पाँच बर्ष प्राय दिनहरु ममी पूर्ण रुपमा समाजको हितमा खटेर मैदानमा हुनुहुन्थ्यो, भौतिक रुपले थकित भएर घर आएका दिनमा पनि वहाँ कामको सन्तुष्टी राख्नु हुन्थ्यो ।
यसरी आफ्नो मिहिनेतबाट प्रभाव पार्न सकेर नै पुन: भरतपुर महानगरपालिकाको नेतृत्व गर्ने अवसर पाउनु भएको छ । यसपटकको लोकप्रिय मत ले यही देखाएको छ । म आफु नै चुनावी यात्रामा सहभागी हुँदा पनि सबै वर्ग र समुहले आफ्नै चेली सम्झेर ममी प्रती देखाएको माया ले मलाई ठुलो प्रेरणा मिलेको छ ।
ममीले चुनाव जित्दै गर्दा पर्दा पछाडी रहेर मुख्य भूमिका खेल्नुभएको बुवाप्रति मेरो उच्च आदर छ । कहिल्यै लाईमलाईटमा आउन नचाहने तर ममीलाई स्थापित गराउन, भरतपुरका आम जनता र कार्यकर्तालाई व्यवस्थापन गर्न, सबैको नेतृत्व सम्म पहुच बनाउन बुवाले गत पाँच बर्ष महत्वपुर्ण भूमिका खेल्नु भएको छ ।
पुन निर्वाचित हुनुभएको ममीलाई बधाइ छ, तर त्यो भन्दा धेरै बधाइ यो चुनावमा खट्नुभएका हरुलाई छ, अनि निष्पक्ष भएर विकासको पक्षमा मतदान दिनुभएका हरुलाई छ ।









