पाँच वर्षभित्रमा समुन्नत नगरको आधार खडा गरिनेछ : मेयर श्रेष्ठ

-


     हिडन खबर    
     जेठ १० गते २०७९ मा प्रकाशित


नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङले बागलुङका नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । मंगलबार एक कार्यक्रम गरी बागलुङ नगरपालिका र ताराखोला गाँउपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको हो ।

कार्यक्रमा बोल्दै विसं २०४६ सालको राजनैतिक परिर्वतनपछि २०४९ मा भएको पहिलो स्थानीय निर्वाचनमा  तात्कालिन कालिका गाउँ विकास समितिका उपाध्यक्ष लालचन्द्र राजभण्डारीले जनताको चाहना अनुसार विकासको बाटोमा लाग्न आग्रह गर्नु भयो । जनताको समस्याको पहिचान गरी जनताको सेवामा समर्पित हुन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख बसन्तकुमार श्रेष्ठले विकास र सुशासनमार्फत पाँच वर्षभित्रमा समुन्नत नगरको आधार खडा गरिने बताउनु भएको छ । श्रेष्ठले दिगो विकास र सुशासनमार्फत विकसित नगर बनाउने बताउनु भयो । बागलुङको व्यापार व्यवसाय वढाउन नयाँ नयाँ लगानी भित्राएर पर्यटकिय क्षेत्रहरु विकास आवश्यक रहेकोले दिर्घकालिन योजना बनाएर अगाडी वढ्ने बताउनु भयो ।

बागलुङ नगर क्षेत्रमा अबदेखि जथाभावी शाखा सडक निर्माण गर्न नदिने बताउनु भयो । उहाँले सडक पु¥याउन आवश्यक देखिएका ठाउँमा वडाको सिफारिसमा नगरपालिकाका इन्जिनियर र प्राविधिकको अध्ययनपछि मात्र मात्र काम अघि बढाइने बताउनु भयो । नगरप्रमुख श्रेष्ठले पद बहालीपछिको पहिलो निर्णय एक वर्षभित्रैमा बागलुङलाई बालमैत्री नगर बनाउने बताउनु भयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य बलावती शर्मा,बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी,ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर विक हिमाल, बागलुङ नगरपालिका पूर्वनगर उपप्रमुख पद्यचन्द्र राजभण्डारी लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन गण्डकी प्रदेशका उपाध्यक्ष अर्जुन चोखालको र संचालन नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका महासचिव गोकुल कँडेलले गर्नु भएको थियो ।