मुक्तिनाथ उडेको सिम्रिक एयरकाे हेलिकप्टर बागलुङमा आकश्मिक अवतरण

-


     हिडन खबर    
     जेठ ८ गते २०७९ मा प्रकाशित


पाेखराबाट मुक्तिनाथ दर्शनका लागि उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङ सदरमुकाममा आकश्मिक अवतरण गरेको छ ।

मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरी बहुमुखी क्याम्पसकाे प्राङ्गणमा आकश्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

मौसममा सुधार आएपछि हेलिकप्टर गन्तव्य तर्फलाग्ने सिम्रिक एयरले जनाएको छ ।