
बागलुङ ।सबैको चासो रहेको भरतपुर महानगरपालिकाकाे चुनावी मतगणनाकाे चर्चा अहिले पनि कायमै छ । नेकपा माओवादी केन्द्रबाट चितवनको भरतपुर महानगरपालिकामा नगर प्रमुखमा उम्मेदवारी रेनु दाहालले आफ्नो अग्रतालाई कायमै राखेकी छिन् ।
पछिल्लो मत परिणामअनुसार उनले ३४ हजार ६८४ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विजय सुवेदीले २७ हजार ३७० मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११,२९६ मत प्राप्त गरेका छन् ।
उपमेयरतर्फ भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३४,९३४ मत प्राप्त गरेका छन् । त्यस्तै दोश्रो स्थानमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की हिमला गुरुङले २०,०३१ मत प्राप्त गरेकी छिन् ।









