
बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको आधिकारिक फेसबुक पेज
यो हो तर https://www.facebook.com/badigadofficial गाउँपालिकाको नाममा अनाधिकृत फेसबुक पेज अर्को पनि रहेको भेटिएको छ ।
६ हजार ७ सय भन्दा धेरैजनाले लाईक गरेको र २०७२ साल जेष्ठ १ गते पहिलो तस्बिर राखेको ‘बडिगाड गाउँपालिका Badigad Rural Municipality’ नाम लेखिएको उक्त फेसबुक पेज गाउँपालिकाको आधिकारिक पेज नभएको गाउँपालिकाले जनाएको छ । २०७४ सालमा मात्र स्थानीय तह भएपनि २०७२ सालमा पहिलो तस्बिर राखिनुले पुरानो नाम परिवर्तन गरी गाउँपालिकाको नाम पछि राखिएको देखिन्छ ।
गाउँपालिकाको नाममा सबै विवरण राखि फेसबुक पेज कसले खोलेको हो र कसले चलाएको छ भन्ने गाउँपालिकालाई थाहा नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो ।
‘गाउँपालिकाको आधिकारिक पेज छुट्टै छ, यो पेज कसले खोलेको हो र कसले चलाइरहेकाे छ हामीलाई थाहा छैन, उक्त पेजबाट गलत सुचनाहरु प्रकाशन समेत गरिरहेकाले यसको नियमनमा गाउँपालिका चनाखो रहेको छ” हिडन खवर सँगको प्रश्नमा अधिकृत भण्डारीले भन्नुभयो “हामीले गाउँपालिकाका नागरिक एवं सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई पालिकाको आधिकारिक पेजको बारेमा जानकारी समेत गराइएका छौं, अर्को पेज कसले चलाइरहेको छ खोजि गरिरहेका छौं, पत्ता लगाएर कानुनी दायरामा ल्याउने छौं भने फेसबुक सँग रिपोर्ट गरेर अनाधिकृत पेज बन्द गर्न पहल गरिनेछ” ।

स्थानीय सरकारको नाममा सामाजिक सञ्जालको प्रयोग गर्नु कानुन बिपरित रहेकोले यसको प्रयोग गर्नेको खोजि गरि कानुनको दायरामा ल्याउने गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।
उक्त पेजबाट मतगणनाका गलत सुचना, आधिकारिक घोषणा बिना बधाई लगायत गाउँपालिकाको बदनाम हुनेगरी सुचना समेत राख्ने गरेको पाइएको छ ।
२१ औं शताब्दीमा प्रबिधि र सामाजिक सञ्जालको प्रयोग अनिवार्य बनिरहेको अवस्थामा सुरक्षित प्रयोग भने चुनौतीपुर्ण बनिरहेको छ ।
स्थानीय तहको नाम दुरुपयोग गरी जो कोहिले पनि सामाजिक सञ्जाल चलाउनु गैरकानुनी काम मानिन्छ ।









