
बागलुङ नगरपालिकाका नव निर्वाचित नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जनताको सुख दुःखको सारथी बन्दै सवै नगरबासी प्रति उत्तरदायी भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहिबार सपथ ग्रहण कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले अबको पाँच वर्ष उनले नगरपालिकामा निर्वाचित सवै जनप्रतिनिधिले अबको नगरपालिका कस्तो बनाउने भन्ने योजना सहित आएको भन्दै सवैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
नगरवासी जनताले दिएको जिम्मेवारी अनुसार काम गर्ने भन्दै नगरवासीको सिर उचो हुने गरि काम गर्ने बताए । हामी सवै हातमा हात काँधमा काँध मिलाएर विकासका लागि लाग्नुपर्ने छ, उपस्थित वडा अध्यक्ष र वडा सदस्यलाई केन्द्रीत गर्दै श्रेष्ठले भने,–‘हामी सवै जनताप्रति उत्तरदायी बन्नु पर्छ श्रेष्ठले भने । अबको पाँच वर्ष भित्र नयाँ नगर दिने हो भने हामीले धैरै सुधारका कामहरु गर्न जरुरी रहेको बताए ।
उनले नगरपालिका भित्र मौलाएको भ्रष्टाचार र अव्वस्थाको अन्त्यको लागि सवैको सहयोग आवश्यक रहेको बताए । जनतालाई घरदैलोमा सेवा दिने गरि काम गर्ने हो भने निजामति प्रशासनमा सुशासन कायम गर्नु अहिलेको मुख्य कार्यभार रहेको बताए ।
स्वच्छ सुन्दर र विकसित नगरपालिका निर्माणको लागि अन्पकालिन र दिर्घकालिन जनसहभागितामुलक दिगो विकासको खाका विज्ञहरुको सहभागितामा कोर्नु पर्ने हुन्छ । कसैलाई काखा र कसैलाई पाखा नगरिकन निर्वाचित सवै वडा अध्यक्षहरुसँग हार्दिकता पूर्ण जनसम्वन्ध कामय गर्नु पर्छ ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख बसन्त कुमार श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले सपथ ग्रहण गराएका थिए भने नगर उप–प्रमुख राजु खड्का, सवै वडा अध्यक्ष र वडा सदस्यहरुलाई नगरप्रमुख श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । बागलुङ नगरपालिकाका १४ वटै वडामा निर्वाचित जनप्रतिनिधिले एकै पटक सपथ ग्रहण गरेका हुन ।
कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताको भनोभावना अनुसार काम गर्नुका लागि आग्रह गरेका थिए । सपथ ग्रहण कार्यक्रममा जिल्लामा क्रियाशिल राजनितिक दलका नेता तथा पुर्व सांसद संविधान सभा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम बागलुङ नगरपालिकाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस बासुदेव न्यौपानेको अध्यक्षता सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलको स्वागत र बागलुङ नगरपालिकाको प्रमुख प्रसासकिय अधिकृत पुरुषोत्तम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।












