निसीखोला गाउँपालिकाको अध्यक्ष – उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

-


     हिडन खबर    
     जेठ २ गते २०७९ मा प्रकाशित


निसीखोला गाउँपालिकामा पाँच दलीय गठबन्धले निर्वाचन जितेको छ । गाउँपालिका अध्यक्ष पदमा गठवन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सूर्य बहादुर घर्ती र उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका प्रेम बहादुर घर्ती विजयी भएका हुन् ।

अध्यक्षमा कांग्रेसका घर्तीले ५ हजार ५ सय ११मत प्राप्त गरि विजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका भुमिराज घर्तीले २ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा गठबन्धनबाटका उम्मेदवार प्रेम घर्तीले ५ हजार मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका भोटु चन्दले २ हजार ९ सय ८ मत प्राप्त गरेका छन् ।