
बागलुङ नगरपालिका वडा नम्बर १२ मा ५ दलीय गठबन्धन लाई चुनौती दिदै स्वतन्त्र रूपमा उम्मेदवार बनेका वडा अध्यक्ष लगाएतको प्यानलै विजयी भएका छन् ।
गठबन्धनमा संलग्न राजनीति दल राष्ट्रिय जनमोर्चाका लोकनाथ शर्मालाई वडा अध्यक्ष र माआेवादी केन्द्रलाई एक महिला सदस्य, जनता समाजवादीलाई एक सदस्य र अरू २ सदस्य नेपाली कांग्रेसलाई दिने राजनीति सहमति भएकोमा त्यसमा आपत्ति जनाउँदै नेपाली कांग्रेसका स्थानिय नेता तथा कार्यकर्ताले स्वतन्त्र रूपमा उमेदवारी दिएका थिए । अन्यत्र वडाका गठबन्धन अनुसार तालमेल भएपनि वडा नम्बर १२ मा भने राजनीति नेतृत्वले समस्याको समाधान गर्न नसकेको माओवादी केन्द्रका कार्यकर्ताले हिडन खबर लाई बताए । हिजो चुनावी तालमेल र भागबन्डा टुंगोमा पुर्याउने माओवदी नेतृत्व भने यतिबेला कार्यकर्ताको प्रश्नको जवाफ दिन नसकेर लाचार बन्दै हिडिरहेको. भनेर आलोचना भइरहेको बताए ।
नेपाली कांग्रेस ,माओवदी केन्द्र ,राजमो ,एकीकृत समाजवादी र जनता समाजवादी बिच संयुक्त गठबन्धन गरि जिल्लाका स्थानीय तहमा चुनावी तालमेल गरेका थिए ।









